ललितपुर, नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाद्वारा आयोजित ८औं वार्षिक पिकनिक तथा नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम शनिबार, २०८२ बैशाख ७ गते, पुर्नज म्युजियम रिसोर्ट, सन्तानेश्वर, ललितपुरमा भव्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा लाइभ म्युजिक, लाइभ बारबिक्यु, रमाइला खेलकुद तथा नेवारी वास्तुकला र काष्ठकलाको अवलोकन विशेष आकर्षणका रूपमा प्रस्तुत गरियो।
कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य, सल्लाहकार, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई ECAN ललितपुर शाखाका सचिव सानम महर्जनले धन्यवाद ज्ञापन गरे।
साथै, ECAN ललितपुरका अध्यक्ष श्री अर्बिन्दकुमार सिंहले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरूलाई ‘Token of Appreciation’ प्रदान गर्दै विशेष धन्यवाद व्यक्त गरे।
कार्यक्रममा प्रायोजकहरू — Churchill Institute, Riverdale Institute, International Institute of Education, AISA, Kentford College, SITS College, Da Vinci, Blue Lotus College, र Click Point Co Innovations लगायतका संस्थाहरूले पनि ECAN ललितपुरलाई यस्तो कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिएका थिए।

