२९ अशोज २०८३, बिहिबार

नेपालका सांसद चौधरी र भारत-प्रदेश सांसद सिंहबीच भेटघाट:अनुकूल सहकार्यको प्रतिबद्धता

नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी र भारत बिहार प्रदेश, पश्चिमी चम्पारण जिल्ला, बाल्मीकिनगर विधानसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद धिरेन्द्र प्रताप सिंह (रिंकु सिंह) बीच शिष्टाचार भेट भएको छ ।


नवलपरासीको बर्दघाट बेलाहानी स्थित चौधरीको निजी सचिवालयमा सांसद चौधरी र सिंहबीच शिष्टाचार भेटघाट भएको हो । भेटघाटको क्रममा  दुबै बिच विकास निर्माण कार्यमा सहकार्यको प्रतिबद्धता भएको छ ।
सो क्रममा सांसद चौधरील नारायणी नदी र गण्डक क्षेत्रको विविध समस्या समाधान गर्न सांसद सिंहलाई आग्रह गर्नुभयो । सो क्रममा सांसद सिंहले समस्या समाधानका लागी आफनो पहल कदमी हुने जनाउनुभयो ।
भेटका क्रममा दुई देशको हितमा सहकार्य गरी विकास निर्माणका काम गर्ने प्रतिबद्धता सांसदद्वय चौधरी र सिंहले व्यक्त गर्नुभएको थियो । यस भेटले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा जन गरिएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार