• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

राज्यले अपन्त्व लिएर कृषिमा लगानी गर्ने वातावरण बनाउनु पर्छ- कार्यक्रमका वक्ताहरु

  •  
  • २०७९ पुष २४, आईतवार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्् । पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा ध्यान्याञ्चल मावी सुनवलका व्यवस्थापन समिति अध्यक्ष सुर्य न्यौपानेले छिमेकी देशसंग प्रतिष्पर्धा गर्नु पर्ने अवस्थामा राज्यले आवश्यक कृषि नीति निर्माण गरी राज्यले अपन्त्व लिएर कृषिमा लगानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो । स्थानीय तहले पनि कृषक लक्षित उत्पादनमा आधारित अनुदान छुट्याउनु पर्नेमा उहाको जोड थियो ।
    सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानकी श्यामकला भण्डारीले कृषिमा परम्परागत भन्दा आधुनिक प्रविधिलाई व्यवहारीकतामा ल्याउनु पर्ने बताउनुभयो ।
    सुनवल वडा नं. १३ नेपाली काङ्गेस अध्यक्ष शोभाखर पान्डेयले वास्तविक कृषकलाई अनुदान वितरण हुनुपर्नेमा जोड दिनुभयो ।
    जनशक्ति सहकारीका अध्यक्ष नारायण प्रसाद तिवारीले युग अनुसारको पशुपंक्षी पालन गर्नुपर्ने उन्नत जातका बीउ बिजन र पशुपक्षी वितरण गर्नुपर्ने बताउनुभयो ।
    सशत्र बन प्रमुख महेन्द्र रेग्मीले अनुदान वितरण गरिएका कृषकका गोठमा पशुपंंक्षी नभेटिने गरेको भन्दै पहुचको आधारमा नभइ कामको आधारमा पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि सुनवल वडा नं १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद बगालेले व्यक्तिगत नभइ सामुहिक लगानी गरि अगाडि बढ्नु पर्ने र कृषकलाई व्यवसायी लक्षित तालिमको आयोजना गर्नु पर्ने बताउनुभयो ।
    संस्थामा आबद्द कृषकलाई अनुदानबाट गोठ सुधार कार्यक्रम, म्याट वितरण, दाना बनाउने मेसिन, गाईभैंसी वितरण, पानी तान्ने मोटर, दाना पराल ,औषधि वितरण गरिनुका साथै आवश्यक कृषि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष गंगाराम गैह्रेले बताउनुभयो । संस्थाकै लगानीमा दुधडेरी पनि संचालन गरिएको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
    नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विक्रेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलको पुरक अनुदानमा आधारित “स्वच्छ दुध उत्पादनका लागि उन्नत पशुपालन” कार्यक्रमको दोश्रो सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको हो । पशुपंक्षी पालन तथा कृषि समुहमा २२ जना कृषक आबद्ध रहेको संस्थाका सचीव घनश्याम आले बताउनु भयो।

    Post Views: 101

    प्रकाशित मिति: २०७९ पुष २४, आईतवार ११:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रथम बर्दघाट एक्सपोमा १०८ स्टल: स्थानिय व्यवसायीको उल्लेख्य सहभागिता
    रामग्राम जेसीजमा पदहस्तान्तरण : बर्ष २०२६ : मुकेशलाई बिष्णुले गरे ज़िम्मेवारी हस्तांतरण
    प्रथम बर्दघाट एक्सपोःसंस्कृतिसगै आर्थिकोपाजर्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.