नवलपरासी । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनवल नगरसमितिले पछिल्लो समय लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापन वारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टी नगरसमिति सेके्रटरी भिम बहादुर सिंले शनिवार एक विज्ञप्ती जारी गर्दै चिनी मिलको प्रदुषण नियन्त्रणको माग गर्दै आन्दोलित पिडित जनतासंग ऐक्यवद्धता जनाउदै व्यवस्थापनले त्यस्ता हर्कतहरुको अविलम्व कार्यान्वयन गर्नूपर्ने माग गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ “पश्चिम नवलपरासीको सुनवल स्थित लुम्विनी चिनी उद्योगमा केही दिनदेखी देखिएको व्यवस्थापनको गैर जिम्मेवार हर्कत सिधा जनताको शारिरीक अवस्थामा आँच पुग्ने देखीएको हँुदा हाम्रो पार्टी ने.क.पा सुनवल नगर समितिको ध्यानाकर्षण भएको र आन्दोलीत पिडित जनतासंग ऐक्यवद्धता जनाउदै व्यवस्थापनले त्यस्ता हर्कतहरुको अविलम्व कार्यान्वयन गरोस ।”

विज्ञप्ती



