भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

साउन महिनामा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले जानकारी दिनु भयो ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त कार्यालयले केही समय त्रिपालमुनि बसेर सेवा प्रवाह गरेको थियो ।



