• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारायणीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई कम्पनीको प्रस्ताव

  •  
  • २०७९ पुष २५, सोमबार १५:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै पनि निर्माण कम्पनीले चासो देखाएका थिएनन्। महाशाखाले पुनः मंसिर २० मा दोस्रोपल्ट आह्वान गरेको ठेक्का प्रक्रियामा भने दुई निर्माण कम्पनी अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका हुन्।
    मंसिर २० मा जारी दोस्रोपटकको बोलपत्रको म्याद पुस ६ सम्म थियो। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) नरेन्द्रप्रसाद भट्टका अनुसार दुई कम्पनीको प्राविधिक र आर्थिक मूल्यांकन एकसाथ भइरहेको छ। ‘दुई निर्माण कम्पनी सिग्नेचर ब्रिज निर्माणको ठेक्का प्रक्रियामा सहभागी भएका छन्। प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकन एकै चरणमा हुन्छ,’ सिडिई भट्टले क्यापिटल नेपालसँग भने, ‘प्राविधिक मूल्यांकको काम भने माघ अन्तिमसम्ममा सकिने छ।’
    प्राविधिक र आर्थिक मूल्यांकनमा उपयुक्त देखिएका निर्माण कम्पनीसँग पुल महाशाखाले ठेक्का सम्झौता गर्ने छ। तर, नेपाली इन्जिनियर तथा निर्माण कम्पनीसँग सिग्नेचर ब्रिज निर्माण गरेको अनुभव भने छैन। माघ अन्तिमसम्म प्राविधिक तथा आर्थिक मूल्यांकन भएपछि फागुनमा ठेक्का सम्झौता हुने सिडिई भट्ट बताउँछन्।
    महाशाखाका अनुसार ठेक्का सम्झौता गर्ने तयारी भए पनि सिग्नेचर ब्रिज निर्माण लागत अनुमानसमेत गरिएको छैन। साथै, नारायणी नदीको कुन स्थानमा ब्रिज बनाउने भन्ने विषयमा समेत महाशाखा प्रष्ट हुन सकेको छैन। तै पनि, हाल सञ्चालनमा रहेको नारायणी नदी पुलभन्दा माथिल्लो भागमा सिग्नेचर ब्रिज बनाउने योजना महाशाखाको छ।
    पूर्वपश्चिम राजमार्गामा पर्ने नारायणी नदीमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। हाल दुई लेनको राजमार्गलाई एसियन हाइवेका रूपमा विकास गरेर चार लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ। चार लेनमा विस्तार गर्न लागिएको राजमार्गमा दुई लेनको सिग्नेचर ब्रिज निर्माण हुने महाशाखाको भनाइ छ। महाशाखाका अर्का एक अधिकारीका अनुसार तत्काल दुई लेनको पुल बने पनि आवश्यक परेका बेला फेरि थप दुई लेनको नयाँ सिग्नेचर ब्रिज बनाउने योजना सरकारको छ।
    अहिले सञ्चालनमा रहेको दुई लेनको पुरानो पुल र नयाँ बन्ने दुई लेनको सिग्नेचर ब्रिजले तत्कालको सवारी चाप व्यवस्थापन गर्न सकिने महाशाखाको भनाइ छ। २०३८ सालदेखि सञ्चालनमा रहेको नारायणी नदी पुलले सवारी चाप धान्न नसकेपछि नयाँ सिग्नेचर ब्रिज बनाउन लागिएको हो। पुल महाशाखाका अनुसार सिग्नेचर ब्रिजको लम्बाइ ४ सय २० मिटर हुनेछ। हाल सञ्चालनमा रहेको पुलको लम्बाइ ४ सय ६० मिटर छ।
    सिग्नेचर ब्रिजको लम्बाइ अनुमान गरेको महाशाखाले पुलको लागत रकम भने अझै खुलाएको छैन। तै पनि, महाशाखाका ती अधिकारी भने सिग्नेचर ब्रिज बनाउन १ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने बताउँछन्।त्यस्तै पुलको डिजाइनसमेत तयार गर्न बाँकी छ। ‘पुलको डिजाइन निर्माण कम्पनीले नै गर्छ, हामीले ठेक्का सम्झौता गर्छौं,’ तर, सिडिई भट्ट भन्छन्।
    मुलुकमै पहिलोपटक बनाउन लागिएको सिग्नेचर ब्रिजले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समते पर्यटक आकर्षण थप बढाउने महाशाखाले जनाएको छ। नारायणी नदीसँगै सरकारले देशभरि १२ वटा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना अगाडि सारेको छ। जसमध्ये अधिकांश पुल पूर्व-पश्चिम राजमार्गमा निर्माण हुनेछन्।

    Post Views: 215

    प्रकाशित मिति: २०७९ पुष २५, सोमबार १५:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ४२ लाख हाराहारी अवैध क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
    नेपाली शैक्षिक बजारमा इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सको उपस्थिति: इन्डो–ग्लोबल फाउन्डेसनसँग सहकार्य
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.