बिज एजुकेसनले शुक्रबार, ६ डिसेम्बरका दिन गाठ्ठाघरमा एक महत्त्वपूर्ण एडमिसन डे २०२५ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम ब्रिटेनमा उच्च शिक्षाको लक्ष्य राखेका नेपाली विद्यार्थीहरूका लागि एक प्रत्यक्ष सूचना तथा आवेदन प्लेटफर्मको रूपमा स्थापित भयो। विद्यार्थी, अभिभावक तथा काउन्सेलिङ खोजिरहेका युवाहरूको उत्साहपूर्ण सहभागितामध्ये कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा यूकेको प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता रहेको थियो। यसमा ब्यान्गर विश्वविद्यालय, युनिभर्सिटी कलेज बर्मिङ्घम, युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, आर्डन विश्वविद्यालय, द युनिभर्सिटी अफ ल र ओक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप (OIEG) ले आधिकारिक प्रतिनिधि सहित उपस्थित रहेर विद्यार्थीलाई प्रत्यक्ष जानकारी प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित प्रमुख प्रतिनिधिहरूमा ब्रज भूषण झा, क्षेत्रीय व्यवस्थापक (नेपाल र श्रीलंका), ब्यान्गर विश्वविद्यालय थिए। उनले बैंकिङ, फाइनान्स, साइक्लोजी, इनभाइरोन्मेन्टल साइन्सेस, कम्प्युटिङ र बिजनेस व्यवस्थापन कार्यक्रमप्रति विद्यार्थीलाई आकर्षित गरे।
समिता सुब्बा, कन्ट्री म्यानेजर–नेपाल, युनिभर्सिटी कलेज बर्मिङ्घम ले होटल म्यानेजमेन्ट, क्युलिनरी आर्ट्स, हेल्थ साइन्स र बिजनेस कार्यक्रमबारे विस्तृत जानकारी दिइन्। उनले उक्त अध्ययन कार्यक्रमहरू विश्वकै अग्रणी युनिभर्सिटी अफ वार्विकसँगको शैक्षिक सहकार्यमा रहेको पनि बताइन्।
क्रान्ति कुमार, क्षेत्रीय प्रमुख – दक्षिण एसिया, युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, ले नर्सिङ, इंजिनियरिङ, कम्प्युटिङ, एप्लाइड साइन्स, बिल्ट एनभाइरोन्मेन्ट र सामाजिक विज्ञान विषयमा करियरको स्पष्ट मार्गचित्र प्रस्तुत गरिन्।
यसैगरी, राजेन्द्र कौर, असिस्टेन्ट क्षेत्रीय व्यवस्थापक (उत्तर भारत तथा नेपाल), वुल्भरह्याम्पटन विश्वविद्यालय ले विद्यार्थीको कागजात मूल्यांकन, भिसा मिल्ने अकादमिक संयोजन, योग्य कार्यक्रम छनोट र भर्ना प्रक्रियामा प्रत्यक्ष सहयोग गरिन्।
निलम शर्मा, सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर (दक्षिण एसिया), आर्डन विश्वविद्यालय ले blended learning, online learning र लन्डन क्याम्पस पहुँच आधारित अवसरहरूको बारेमा जानकारी दिइन्।
बिनिता बास्तोला, एसोसिएट डाइरेक्टर – दक्षिण एसिया, द युनिभर्सिटी अफ ल, ले कानुन, क्रिमिनोलोजी, पुलिसिङ, पोस्टग्राजुएट ल ट्रेनिङ र UK legal career pathway सम्बन्धी विस्तृत जानकारी दिइन्।
त्यस्तै डायना तामाङ, बिझनेस डेभलपमेन्ट म्यानेजर – नेपाल र श्रीलंका, OIEG, ले OIEG अन्तर्गतका क्याम्पस र pathway programबारे विद्यार्थीलाई जानकारी दिइन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा दस्तावेज मूल्यांकन, स्कॉलरशिप सम्भाव्यता, IELTS सहित वा बिना आवेदन प्रक्रिया, intake planning तथा PSW अवसरका बारेमा मार्गदर्शन प्राप्त गरे। अभिभावकहरूले पनि खर्च, क्याम्पस सुरक्षा, accommodation, कक्षा संरचना र रोजगार अवसरबारे जानकारी पाए।
बिज्ज एजुकेसनले विगतका कार्यक्रमहरूझैं यस पटक पनि पारदर्शी सल्लाह, विश्वसनीय मार्गदर्शन र प्रत्यक्ष Representative Interaction मार्फत आफ्नो संस्थागत प्रतिबद्धता प्रमाणित गरेको छ—”Reach us to get there!”
यूकेमा अध्ययन योजना बनाइरहेका विद्यार्थीहरूले बिज्ज एजुकेसनसँग ९८२६७७०१०६ मा फोन वा WhatsApp +९७७ ९८२६०६९८१६ मार्फत सम्पर्क गर्न सक्नेछन्।



