परासी/ पौष १ / नवलपरासी, महेशपुर स्थित सिमा सुरक्षा गुल्म महेशपुर द्वारा खटीएको सशस्त्र प्रहरीले करिव २५ लाख मुल्यको अवैध कफीको दाना वरामद गरेको छ ।
मंगलबार विहान ४ वजेको समयमा सरावल वडानं ७ गणेशपुर स्थित नेपाल भारत दशगज्जा नजिक नेपाली नम्वरप्लेकको ट्यायक्टरमा नेपालतर्फ ल्याउदै गर्दा महेशपुर ससस्त्र प्रहरीले कफि वरामद गरेको हो ।
करिव २ हजार केजी तस्करीको कफि दाना वोकेको नेपाली नंम्वर प्लेटको ट्याक्टर चालक टयाक्टर छोडि भागेपछि शसस्त्रले सामान सहितको ट्याक्टर नियन्त्रणमा लिएको श्रोतले वाताएको छ ।
कफी सहितको ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सारमा राखिएको छ ।
थप विवरण आउन बांकी …. छ ।




