• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

  •  संवाददाता
  • २०८२ माघ ४, आईतवार १६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहका बीच दुई पक्षबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएसँगै यस सहकार्यको सुरुवात भएको हो।

    कार्यक्रमको औपचारिक सुरुवात गर्दै काठमाडौं शाखाकी प्रबन्धक दिव्या महर्जन प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले आसिफ शेखजस्तो अनुशासित र प्रेरणादायी खेलाडीसँगको सहकार्यले संस्थाको मूल्य र दृष्टिकोणलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। यस्तै, संस्थाका अध्यक्ष बसन्त नेपालले पठाउनुभएको विशेष सन्देश बिजनेस डेभलपमेन्ट म्यानेजर प्रियंका खनालले वाचन गर्नुभएको थियो। उक्त सन्देशमा अध्यक्ष नेपालले यो सहकार्यले हजारौँ नेपाली विद्यार्थीहरूलाई ठूलो सपना देख्न र मेहनतका साथ आफ्नो लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्ने कुरामा जोड दिनुभएको छ।

    नवनियुक्त ब्रान्ड एम्बासडर आसिफ शेखले रियल ड्रिम्स परिवारको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गर्दै शिक्षा र खेलकुद दुवैमा अनुशासन र सही मार्गदर्शनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो क्षमतामा विश्वास गर्न र अन्तर्राष्ट्रिय अवसरहरूको खोजीमा अगाडि बढ्न आफूले सधैँ प्रेरित गरिरहने प्रतिबद्धता समेत जनाउनुभयो।

    समारोहमा बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरू जस्तै यर्क सेन्ट जोन युनिभर्सिटीका कन्ट्री कोअर्डिनेटर सुनिल तुलाधर, द स्किल फर नेपालका वरिष्ठ प्रशिक्षक अमर सिंह, र युनिभर्सिटी अफ वुस्टरका एडमिसन अफिसर रोशन भट्ट लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। औपचारिक सम्झौता र हस्ताक्षर पश्चात सञ्चारकर्मीहरूसँगको विशेष प्रश्नोत्तर कार्यक्रमले समारोहलाई थप अर्थपूर्ण बनाएको थियो।

    कार्यक्रमको समापन गर्दै बिजनेस डेभलपमेन्ट डाइरेक्टर अर्जुन पौडेल (शर्मा) ले उपस्थित सम्पूर्ण अतिथि र साझेदार संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो। यो साझेदारी केवल एक व्यावसायिक सम्झौता मात्र नभई नेपाली विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्ने एउटा बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ।

    Post Views: 131

    प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १६:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    एडु ब्रिज भक्तपुर शाखाद्वारा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन सम्बन्धी जानकारी
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.