६ अशोज २०८३, मङ्लबार

पन्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको १५औ साधारणसभा: सफाई कर्मचारी सम्मानित

पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था, बर्दघाट १० अल्हावलको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष कर्ण बहादुर खत्रीको अध्यक्षता तथा सम्बिधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

बार्शिकोत्सवको अवसरमा दुई  जना सफाई कर्मचारी  नगद सहित सम्मानित भएको कार्यक्रमलाई सम्बोधन गर्दैप्रमुख अतिथी सम्बिधान सभा सदश्य खनालले समाजलाई सुसज्जित बनाउन सामाजिक सार्वजनिक चासोको विषयमा राजनितिक भन्दा पनि सक्षम ब्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताएका  छन । उनले सस्थाले जनताका गुनासालाई सस्था, वडा र नगर एक भएर समाधान गर्न लाग्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले नगरभित्रका खानेपानी आयोजनाका पानी निशुल्क परिक्षण गर्न आवश्यक बजेट बिनियोजन गरिएको जानकारी दिदै सस्थाले खानेपानीको क्षेत्रमा मात्र भन्दापनी सरसफाइको क्षेत्रमा पनि काम गर्नु पर्ने बताए। नगर प्रमुख श्रेष्ठले आगमी बर्ष करिब २५% बाकी घरमा खाने पानीको उचित ब्यवस्था गरेर एक घर एक धारा नेपाल सरकारको मापदण्डबमोजिम पूरा गर्ने बताए। उनले बर्दघाटमा फोहरमैला ब्यवस्थापनको लागि करिब ५ बिगाहा क्षेत्रमा आई ई ई गरिएको र सम्झौता अन्तिम चरणमा पुगेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै बदघाट नगरपालिका वडा न १ का वडाअध्यक्ष चन्द्रकान्त चापागाईंले वडा एक घर एक धारा कार्यक्रम घोषणा अन्तिम चरणमा पुगेको र नगर अनि आफ्नै कार्यकालमा पुरा गर्ने बताउदै आवस्यक बजेट जोहो गरिएको बताए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष देबिदत्त सपकोटाले सस्थाको खानेपानी सुरक्षा योजना समिती थप प्रभावकारी हुनुपर्ने बताउदै नगरले खाने पानी बिस्तारको लागि थप बजेट बिनियोजन गर्न आग्रह गरे।

कार्यक्रममा अध्यक्ष कर्ण बहादुर खत्रीले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले सस्था गत बर्षमा गरेका कार्यहरु र भावी कार्ययोजना प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष चन्द्र कुमारी थापा, लेखा समितिको लेखा प्रतिवेदन लेखा समितिका सम्योजक राजु बिश्वा बिश्वकर्माले प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष यज्ञ प्रसाद खनालको रहेको कार्यक्रमको सन्चालन सस्थाका सचिब शिव देव न्यौपानेको रहेको थियो .

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार