• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

  •  नारायण सुबेदी
  • २०८२ चैत्र २२, आईतवार ०८:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, २१ चैत /

    नेपाल नेत्र ज्योति संघ नवलपरासीद्वारा संचालित डा बिनोद निता कण्डेल ऑखा अस्पतालले आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गर्दै हाल सम्म करीब ११ लाख बिरामीलाई सेवा प्रदान गर्न सफल भएको छ ।

    अस्पतालले वार्षिक ४५ हजार बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गर्दै  डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीले दैनिक करिब २५० बिरामीलाई सेवा दिँदै आएको छ ।
    संघको शनिबार सम्पन्न ३५औँ वार्षिक साधारण सभामा बोल्दै संघका सभापति एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नवलपरासी शाखाले आधुनिक प्रविधिसहितको आँखा अस्पताल सञ्चालन गरी गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । अस्पतालले गत वैशाखदेखि हालसम्म ४५ हजार २१० जना बिरामीको आँखा परीक्षण तथा २६ सयभन्दा बढीको मोतिविन्दु लगयातको शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालसहित आँखा उपचार केन्द्र तथा शिविर सञ्चालन गरि उक्त सेवा प्रदान गरिएको हो ।
    अस्पतालले विशेषगरी विपन्न, अशक्त तथा पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। सो क्रममा करिब ५ हजार जनाको आँखा परीक्षण तथा १८ सय जनाको मोतियाबिन्दु शल्यक्रिया निःशुल्क गरिएको जनाएको छ ।

    आँखा स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पतालले भुजहवा, त्रिवेणी, सूर्यपूरा र सुनवलमा समेत आँखा उपचार केन्द्र सञ्चालन गरी ग्रामीण क्षेत्रसम्म सेवा पु¥याउँदै आएको छ। विद्यालयस्तरमा आँखा जाँच कार्यक्रमसमेत सञ्चालन गरी विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पु¥याइएको छ। सभापति कँडेलले अस्पताललको नाममा यसअघि नै खरिद गरिएको बैरिहवास्थित २ विघा १० कठ्ठा जग्गामा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको उल्लेख गर्नुभयो ।
    संघका केन्द्रिय सहकोषाध्यक्ष एवं अस्पताल व्यवस्थापन समिति अध्यक्ष मञ्जु कँडेलले दक्ष जनशक्ति, आधुनिक उपकरण र सेवामुखी सोचका कारण अस्पतालले आँखा उपचार क्षेत्रमा आफूलाई अब्बल संस्थाको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो । आगामी केही दिनमा अस्पतालले अत्याधूनिक मेसींनद्वारा आँखाको रेटीनाको बिशिष्ट उपचार सुरू गर्नलागिएको र स्थानीय सरकारसँग समन्वय गर्दै आँखा स्वास्थ्य सेवा अझ विस्तार गर्ने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिनुभयो ।
    संघका सचिव सञ्जय कर्णले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय आँखा उपचार सेवाबाट दृष्टिविहीन तथा दृष्टि दोषका समस्याहरुलाई न्यूनीकरण गरी गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले दक्ष, अनुभवी तथा योग्य नेत्ररोग विशेषज्ञबाट रेटिना सेवा, फेको सेवा तथा मोतिविन्दु शल्यक्रिया लगायतका सेवाहरु समेत सुचारु गरिएको जानकारी दिनुभयो ।
    आर्थिक प्रतिवेदन पेश गर्दै संघका कोषाध्यक्ष अमर चन्द्र अग्रवालले अस्पतालले गत आर्थिक वर्षमा रु ६ करोड ८५ लाख आम्दानी गर्न सफल भएको बताउनुभयो । अस्पतालको सेवालाई थप गुणस्तरीय र सुविधायुक्त बनाउन जिल्लास्थित स्थानीय तहहरु, प्रदेश सरकार र संघीय सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
    अस्पतालका व्यवस्थापक अजय पाण्डेले दक्ष तथा अनुभवि नेत्ररोग विशेषज्ञ तथा आधुनिक उपकरणको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल भएकोले नेपालसहित भारतबाट समेत करीब ४० प्रतिशत बिरामीहरु सेवा लिन आउने गरेको बताउनुभयो । यसले नेपालको आँखा स्वास्थ्य सेवा प्रभावकारी रहेको सन्देश प्रवाह भएको उहाँले उल्लेख गर्नुभयो । नवलपरासीमा वि.स.२०४५ साल बैशाख २६ गते स्व.नारायणमान सैजुको नेतृत्वमा नेपाल नेत्र ज्योति संघ गठन भएको थियो ।
    साधारणसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने फार्मासिस्ट नारायण यादव, चस्मा फिटर कर्ण बहादुर चौधरी र सहयोगी खेमबहादुर चौधरीलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममां अस्पतालको अक्षयकोष सहयोगका निम्ति ससुराबुवा स्व. महेश बहादुर थापाको स्मृतिमा ५० हजार राशि दान गरेकोमा स्व थापाकि बुहारी एवं अस्पतालकि कर्मचारी अम्बु थापा  र उहाका श्रीमान मनोज थापालाई अभिनन्दन समेत गरिएको थियो ।

    Post Views: 419

    प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०८:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.