• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

  •  संवाददाता
  • २०८२ चैत्र २०, शुक्रबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी

    पश्चिम नवलपरासी, चैत १९ /

    नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकास्थित गंगापुरमा रहेको इन्द्रा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले सुनसान छ। उद्योगको मूल गेटमा ताल्चा झुण्डिएको छ, तर त्यस बाहिर आफ्नो पसिनाको मूल्य कुरिरहेका किसान र महिनौँदेखि तलब नपाएका कर्मचारीहरूको अनुहारमा छटपटी प्रष्ट देखिन्छ।

    उद्योगका सञ्चालक राकेश अग्रवाल गत वर्षदेखिकै करोडौँ बक्यौता नतिरी सम्पर्कविहीन भएपछि यहाँको अवस्था जटिल बनेको छ। स्थानीयका किसानहरूका अनुसार अग्रवाल हाल भारतको रहदै आरामदायी जीवन बिताइरहेका छन्, यता किसान भने हातमुख जोर्नै धौ-धौ पर्ने अवस्थामा पुगेका छन्।

    उखु उत्पादक महासंङका केन्द्रिय प्रवत्ता एवंम् लुम्बिनी प्रदेश समितीका संयोजक एवंम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले उद्योग संचालक हाल भारतको लखनउमा रहेकोले उद्योग संचालन अग्रवाललाइ नेपाल सरकारले रेड कर्लर जारी गरी झिकाउनुपर्दछ ।

    यादव भन्नुहुन्छ “हामीले सञ्चालकलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्यौँ, तर अहिलेसम्म सफलता मिलेको छैन। यसले किसानमाथि ठूलो अन्याय भएको छ।”समस्या यस बारे गाउँपालिकाले यस अगाबै स्थानिय प्रशासन देखी संघीय मन्त्रालय सम्म पत्राचार गरिसकिएको छ ।

    उद्योगले किसानको मात्रै करिब ६ करोड रुपैयाँ उखुको भुक्तानी दिन बाँकी छ। त्यस्तै, कर्मचारीहरूको १ करोड भन्दा बढी तलब रोकिएको छ भने विभिन्न बैंकहरूको करिब ४० करोड रुपैयाँ ऋण समेत जोखिममा परेको छ। उद्योगको सम्पत्तिभन्दा ऋणको भार बढी देखिएपछि बैंकले उद्योग परिसरमा आफ्नै सुरक्षा गार्ड खटाएको छ।

    स्थानीय किसानहरू भन्छन्, “यो सरासर योजनाबद्ध ठगी हो। किसानसँग उधारोमा उखु किन्ने, चिनी बेचेर पैसा कुम्ल्याउने र भुक्तानी दिने बेला बेपत्ता हुने ? यो अन्यायको पराकाष्ठा हो।” उद्योगको लापरबाहीका कारण किसानहरूले सरकारले दिने अनुदान समेत पाउन सकेका छैनन्। गत वर्ष २१८ जना किसानको विवरण उद्योगले नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमै रोकिएको छ।

    कृषकका अनुसार किसानहरूको पीडा पनि कम छैन। ” रकम लिन बाँकी छ। अब त उखु खेती नै छोडौँ जस्तो भइसक्यो,” निराश हुँदै भुक्तानी नपाएपछि धेरै किसानहरू कम मूल्यमै क्रसर (भेली) उद्योगमा उखु बेच्न बाध्य छन्, जहाँ सरकारी अनुदान समेत पाइँदैन। इन्द्रा सुगर बन्द भएपछि किसानहरू सुस्तास्थित बागमती चिनी उद्योगमा उखु लैजान बाध्य छन्।

    यतिबेला किसानहरूको अन्तिम आशा सरकारको १०० दिने कार्यक्रम मा टिकेको छ। सरकारले २५ दिनभित्र उखुको भुक्तानी नगरे उद्योगीले ब्याज समेत तिर्नुपर्ने नयाँ व्यवस्था ल्याउने चर्चाले किसानमा केही आश जगाएको छ।

    इन्द्रा सुगर प्रकरणले नेपालका उखु किसानहरू कसरी पटक-पटक ठगिन्छन् भन्ने एउटा नमिठो उदाहरण पेश गरेको छ। समयमै सञ्चालकलाई कानुनी दायरामा ल्याई किसानको बक्यौता चुक्ता नगर्ने हो भने यस क्षेत्रबाट उखु खेती पूर्ण रूपमा विस्थापित हुने निश्चित छ।

    Post Views: 197

    प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार ११:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.