२९ अशोज २०८३, बिहिबार

पाकिस्तानद्वारा बाढीपीडित नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण

काठमाडौँ, पाकिस्तानले नेपालका बाढी तथा पहिरोपीडित नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले १०० टन राहत सामग्री हस्तान्तरण गरेको छ।

त्रिपाल, कम्बल, गुन्द्री/म्याट, हाइजिन किट तथा औषधिहरू समावेश गरिएको उक्त राहत सामग्री काठमाडौँ आइपुगेको छ।

पाकिस्तानका महामहिम राजदूत आमिर खानले माननीय मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्दै नेपाल र नेपाली जनताप्रति पाकिस्तानको निरन्तर सहयोग र ऐक्यबद्धता पुनः दोहोर्‍याउनुभयो।

हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत आमिर खानले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताको साथमा पाकिस्तान दृढताका साथ उभिएको बताउनुभयो।

पाकिस्तानले शोकसन्तप्त परिवारजन र बाढी-पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक परेको खण्डमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार