• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

१३औँ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

  •  संवाददाता
  • २०८३ भाद्र २२, सोमबार १९:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। रसुवा, नुवाकोट र धादिङमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूको १३औँ दिनको पुण्यतिथिमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

    महासंघको आयोजनामा सोमबार साँझ सम्पन्न कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका विभिन्न संघ–संस्थाका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महासंघअन्तर्गत आबद्ध विभिन्न शैक्षिक परामर्श व्यवसायी संघ–संस्थाहरूको सामूहिक सहभागितामा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

    कार्यक्रमले शैक्षिक परामर्श क्षेत्रका विभिन्न संघ–संस्थाबीचको एकता र सामाजिक उत्तरदायित्वलाई समेत प्रस्तुत गरेको थियो। सहभागी संघ–संस्थाका प्रतिनिधिहरूले विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र बरालले बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो। उहाँले विपत्तिबाट प्रभावित नागरिक तथा समुदायप्रति नेपालका शैक्षिक परामर्श व्यवसायीहरूको साझा ऐक्यबद्धता रहेको बताउनुभयो।

    अध्यक्ष बरालले भन्नुभयो, “यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवार र प्रभावित समुदायप्रति शैक्षिक परामर्श क्षेत्रको सामूहिक ऐक्यबद्धता प्रकट गर्ने माध्यम पनि हो। विभिन्न शैक्षिक परामर्श संघ–संस्थाहरूको सहभागिताले हामी दुःखको यस घडीमा एकताबद्ध भएर प्रभावित नागरिकसँग उभिएको सन्देश दिएको छ।”

    उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

    अध्यक्ष बरालले महासंघ र यसअन्तर्गत आबद्ध विभिन्न संघ–संस्थाहरूले विपत्तिपछि राहत तथा सहयोगका लागि आफ्ना तर्फबाट पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थाअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    महासंघले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा शैक्षिक परामर्श क्षेत्र एकताबद्ध रहेको जनाउँदै राहत, पुनर्स्थापना तथा सामाजिक उत्तरदायित्वका कार्यमा आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने जनाएको छ।

    दीप प्रज्वलन कार्यक्रममार्फत महासंघ र आबद्ध विभिन्न शैक्षिक परामर्श व्यवसायी संघ–संस्थाहरूले बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।

    Post Views: 135

    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १९:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.