परासी, भदौ २२ /

नवलपरासीको प्रतापपुर गाउँपालिका-१ बेलाटारीबाट स्रोत नखुलेको. २१ लाख ६० हजार नगद रुपैया सहित दुई जनालाई प्रहरी ले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार UP 56 BH 6556 नम्बरको मोटरसाइकलमा सवार नवलपरासी प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र सोही ठाउँका २० वर्षीय अभिनन्दन गुप्तालाई चेकजाँचका क्रममा उक्त श्रोत बिनाको रक़म सहित पक्राउ गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको उक्त रकम बरामद गरेको हो।
नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) ले जनाएको छ।



