१७ कार्तिक २०८३, मङ्लबार

नवलपरासीमा सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया तत्काल सुचारु हुने

पश्चिम नवलपरासी/कार्तिक १२

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका लगायतका सुकुम्बासीलाई तत्काल पुर्जा प्रदान गर्ने विषयमा छलफल अघाड़ी बढ़ाईएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनीपुर्जा वितरणका लागि भइरहेको कार्यप्रगतिको वस्तुस्थितिबारे सरोकारवालाहरूसँग व्यापक छलफल गरीएको हो ।

जीवनकाल देखि पुर्जाविहीन नागरिकलाई भोगीत जमीनको मालिक बनाई निमुखाको पनी राज्यहो भन्ने आभास दिलाऊँन छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरीएको छ ।
सांसद मा.विक्रम खनाल , बर्दघाट उपमेयर रुद्र प्रकाश उपाध्याय, नगरपालिकाका हाकिम ऋषिराम भुसाल, पूर्व मेयर धीरज शर्मा बस्याल, नगर प्रवक्ता सन्तु गाहा र नगरपालिकाका भूमि शाखा संयोजक ठाकुरमणि न्यौपाने लगायतको उपस्थिति मा गहन छलफल भएको थियो ।
बैठकमां बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम खनालले वर्षौँदेखि लालपुर्जा नपाएर सास्ती भोगिरहेका नागरिकलाई जमिनको स्वामित्व दिलाउनु राज्यको दायित्व र जिम्मेवारी भएको बताउनुभयो । सांसद खनालले भन्नुभयो, “नागरिकहरू दशकौँदेखि पुर्जाविहीन भएर बस्नुपरेको दुःखद अवस्था छ । अब कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुँदैन। सङ्घीय सरकार, आयोग र मन्त्रालयस्तरबाट गर्नुपर्ने जुनसुकै समन्वय र पहलका लागि म निरन्तर तयार छु । स्थानीय तह र प्राविधिक टोलीले नापजाँच र लगत प्रमाणीकरणका बाँकी कामहरू तीव्र गतिमा अघि बढाउनुपर्छ।”
बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रक्रियागत अल्झनहरूलाई सुल्झाउँदै छिटो नतिजा दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसालले भूमि शाखाको प्रशासनिक र प्राविधिक काम बिना ढिलासुस्ती अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
छलफलमा बोल्दै पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले नागरिकको हकहितका लागि दलीय राजनीतिभन्दा माथि उठेर विगतदेखि थालिएका कामहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै नगर प्रवक्ता सन्तु गाहाले स्थानीय स्तरमा देखिने सानातिना विवादहरूलाई संवादमार्फत समाधान गर्दै सहकार्यको वातावरण बनाउने बताउनुभयो भने भूमि शाखा प्रमुख ठाकुरमणि न्यौपानेले नापी, मालपोत र भूमिसम्बन्धी आयोगहरूसँग निरन्तर समन्वय गरी लगत सङ्कलनको कामलाई तीव्रता दिईएको जानकारी दिनुभयो ।
बैठकको निष्कर्षमा लालपुर्जा वितरणको काममां कुनै पनि बहाना र आर्थिक चालखेल बिना रूपमा पुर्जा वितरणको काम अघि बढाउने सन्दर्भमां उपस्थित सांसद, जनप्रतिनिधि र भूमि आयोग बीच निरन्तर समन्वय गर्दै तोकिएको समयसीमाभित्रै वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने सहमति भएको बताईएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार