• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

फागुनबाट सिद्धबाबा सुरुङमार्ग निर्माणको काम

  •  
  • २०७९ माघ १७, मंगलवार १४:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फाईल फोटो

    भैरहवा । सिद्धबाबा सुरुङमार्ग निर्माणका तयारी थालिएको छ । आगामी फागुनदेखि काम सुरु गर्ने तयारी भएको छ । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले अघिल्लो महिना सुरुङमार्गको ड्रोइङ र डिजाइन बुझाइसकेको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रोइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिएको थियो । निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्य पनि तोकिएकै समयमा हुने सडक विभागको भनाइ छ । स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन एसडिसीले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले गर्दा सहयोग दिइरहेको छ  । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ  ।


    उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ  । चिनियाँ कम्पनीले सोही सुझाव अनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ  । सुरुङमार्ग निर्माणका लागि स्विस डेभलोमेन्ट कर्पोरेशन एसडिसिले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको र निर्माणम कम्पाीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ ।
    निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उपमहानिर्देशक भिर्माजुन अधिकारीले बताए । ‘निर्माण कम्पनीले बुझाएको डिजाइनमा एसडिसीले थप अध्ययन गरिरहेको छ । आवश्यक सुझाव तथा राय दिएर र डिजाइन र ड्रोइङ परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले पनि स्वीकृति गरेर निर्माण कार्य सुरु हुन्छ’, उनले भने ।


    डिजाइन स्वीकृतिको काम आगामी एक–दुई हप्तामै पूरा हुने र फागुनबाट आयोजनाले निर्माण कार्य सुरु गर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेरको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ । एसडिसिको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गर्नेसमेत गरेको थियो । इपिसी मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ । अर्को भनेको त्यहाँ माथि भएका बग्ने ढुंगाहरु हटाउने छ । ढुङगाहरु हटाएर त्यहाँ फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्न रक सेड बनाउने र ८० देखि ८५ डिग्रीको स्वल्प रहेकाले निर्माण कार्य भौगोलिक हिसावले चुनौती रहेको आयोजनाको भनाइ छ ।


    सडक मार्गका माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने छ । पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रकसेड निर्माण हुने जनाएको छ । निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पांग्रे साधनलाई निषेध गरिने छ । ०७८ फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो ।
    सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको गरेर बुझाउने समयसीमा दिइएको थियो । चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसी र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नु पर्ने छ ।
    यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो ।


    आयोजनाले निर्माणको लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसन लगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ । डिजाइन स्वीकृति पछि लगतै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ ।

    Post Views: 206

    प्रकाशित मिति: २०७९ माघ १७, मंगलवार १४:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड
    ४२ लाख हाराहारी अवैध क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.