४ कार्तिक २०८३, मङ्लबार

नगर प्रमुख अर्यालद्धारा वनदेवी आधारभूत विद्यालयको दुई कोठे भवन शिलान्यास

सुनवल। पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास गरिएको छ । शनिवार सुनवल नगर प्रमुख विमला अर्यालले विधालयको दुई कोठे भवन शिलान्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै नगर प्रमुख अर्यालले सुनवल नगरपालिकालाई शैक्षिक हवको केन्द्र बनाउने उद्देश्य सहित भुकम्प प्रतिरोधात्मक प्रविधि मैत्री विधालयमा भवन निर्माण गर्न लागिएको बताउनु भयो। आधारभुत तह(कक्षा ५)सम्म रहेको विधालयलाई स्तरोन्नति गरि आधारभुत तह कक्षा ८ सम्म बढाउने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख अर्यालले विधालयलाई आवश्यक पर्ने यातायातको साधनको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो।

विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ,विधालय व्यवस्थापन समितिका सदस्य,अभिभावक, शिक्षक विधार्थी लगायतको उपस्थित रहेको थियो। विधालयका शिक्षक लक्षमण ज्ञवालीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको संचालन प्राचार्य मुरारी यादवले गर्नु भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार