
न्यूज फायर,सुनवल । पश्चिम नवलपरासी स्थित गण्डक नहरमा आज दिउसो डुवेर वेपत्ता भएका महिला र २ जना बालकको शव फेला परेको छ । प्रहरीले उद्धारको क्रममा घटनास्थल देखि सय मिटर तल नहरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सुस्ता गाउपालिका २ महलबारीकी २९ बर्षिया प्रतिमा थारु दुई छोरा ९ बर्षिय क्रिश थारु र ७ बर्षिय सुमित थारु संगै आज दिउसो गण्डक नहरमा हाम फालेकी थिईन् ।
दुवै बालकलाई हातमा सलको डोरी बाँधी संगै नहरमा हाम फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार घटनाको अनुसन्धान कार्य जारी छ ।



