• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मूलपानी सामुदायीक वनले सुरु गर्यो वन सम्बद्र्धन प्रणालीमा आधारित कटान

  •  
  • २०७९ फाल्गुन १७, बुधबार १८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल । पश्चिम नवलपरासीमा पहिलो पटक सामुदायिक वनले वन सम्बद्र्धन प्रणालीमा आधारित कटान कार्यक्रम सुरु गरेको छ । ३ वर्ष अगाडी केही सामुदायिक वनमा यो कार्यकम लागु भएको भए पनि वन ऐन परिमार्जित भए पछि वन सम्र्वर्धन प्रणाली कार्यविधि २०७९ अनुसार पहिलो पटक जिल्लामा मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवलले वन सम्बद्र्धन प्रणालीमा आधारित कटान कार्यक्रम सुरु गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले हरेक क्षेत्रबाट संरक्षणलाई जोड्यौ भने वनबाट धेरै लाभ लिन सकिने बताउनुभयो । वनसंगका विभिन्न कारोवार र कार्यहरुलाई पारर्दशि रुपमा काम गर्दा लाभान्वित हुने बताउदै उहाले नियम तथा कानुनहरुको पालना गर्दै वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने हामी सम्पुणर्को दायित्व रहेको बताउनुभयो ।

    कार्यक्रममा सुनवल वडा नं ४ का वडाध्यक्ष बाल कृष्ण पङ्गेनी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रदेश सचिव होम बहादुर पुन , डिभिजनल प्रमुख महेन्द्र राज वाग्ले लगातयले बैज्ञानिक वन व्यवस्थापनलाई आत्मसाथ गर्दै वनलाई प्रयोग मात्र नभई उपयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    लुम्विनी प्रदेश सरकारले वन ऐन २०७८ र नियमावली २०७९ अनुसार तथा वन सम्वर्धन प्रणालीमा कार्यविधि २०७९ लाई मार्गदर्शन गरी सामुदायिक वन अगाडी बढेको मूलपानी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले बताउनुभयो । उहाले संवर्धन प्रणाली अनुसार धोद्रो, बुढो रुखहरु काटेर नया रुखहरुलाई जेनेरेसन गराएर र कार्यविधिले निर्दिष्ट गरे अनुसार काम अगाडी बढाएको बताउनुभयो । वन सम्बद्र्धन प्रणाली लागु भएका सामुदायिक वनमा मात्र यो कार्यक्रम लागु हुने उहाको भनाई छ ।

    पुराना र काम नलाग्ने रुखहरु काटेर उपभोक्ताहरुलाई उपभोग गर्न र विक्रि वितरण गरी राजश्व आम्दानी गर्ने तथा नया विरुवाहरुलाई उमार्नेका लागी वैज्ञानिक वन रहेको र यसले वनको दिगो विकास सम्भव रहेको तथा यस भित्र काटछाट, एक्लाउने, पत्लाउने, थिनिगं लगायतका कार्य गरिने अध्यक्ष पाण्डेले बताउनुभयो ।

    वैज्ञानिक वन व्यवस्थापनले काठ दाउरा सहज तरिकाले प्राप्त गरेको ,राजश्व बृद्धि, रोजगारी, महिला शशक्तिकरणका कार्य भएको बताउदै उहाले वन नियमावलीलाई मिचेर जथाभावि रुपमा रुख काटेको भए त्यसो गर्न नहुने बताउनुभयो ।

    हरेक वर्ष योजना अनुसार काट्ने रुख, काट्ने क्षेत्रफल, किटान गरेर जिपियस लिएर र वन कार्यालयबाट स्विकृति लिएर मात्र व्यवस्थित रुपले काट्न पाईने अध्यक्ष पाण्डेले बताउनुभयो । वन नियमावली अनुसार कार्ययोजना अनुसार पारदर्शी हिसावले काम गर्नुपर्ने उहाको भनाई छ ।

    वनले आफ्नो आम्दानीको करिव ४० प्रतिशत वन सम्र्वधन र व्यवस्थापन तथा अरु गरिवी निवारण, आयआर्जन बृद्धि, सामािजक विकासका लागी खर्च गरेको पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

    अध्यक्ष पाण्डेका अनुसार ३२९.५२ हेक्टर क्षेत्रफल फैलिएको मुलपानी सामुदायिक वनको ८० वर्षे कार्ययोजना अनुसार ८ वटा प्लटमा छुट्याइएको र अहिले पहिलो प्लटको १० वर्षको काम गरिएको छ ।

    वालि चके्र ८० वर्षको हुने र ८० वर्षमा एउटा प्लटबाट १० वर्षे रुख काट्ने गरी कार्ययोजना बनाएर अगाडि बढेको उहाले बताउनुभयो । यस सामुदायिक वनबाट हाल ६१७ घरधुरीका ३ हजार १८ जना लभान्भित भएका पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।


    सचिव समीक्षा सिँजापतिले कार्यक्रम संचालन गर्नूभएको थियो भने उपाध्यक्ष प्रभुलाल मौर्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    Post Views: 238

    प्रकाशित मिति: २०७९ फाल्गुन १७, बुधबार १८:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.