९ कार्तिक २०८३, आइतवार

सुनवल मावि बनाहामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण

न्यूज फायर,सुनवल। सुनवल १ बनाहामा अवस्थित सुनवल माध्यमिक विद्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को कार्यक्रम अन्तर्गत वडाबाट बिनियोजित बजेटको कार्यक्रम अन्र्तगत वडा बाल संजालद्वारा बालबालिकाको क्षेत्रमा संचालित विभिन्न किसिमको खेलकुद प्रतियोगिता बक्तृत्वकला लगाएत प्रतियोगितामा प्रथम, दित्तिय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरु तथा र हालै सम्पन्न रास्ट्रपति रनिङ सिल प्रतियोगितामा विजय हुने खेलाडीहरुलाइ पुरस्कार बितरण गरिएको हो ।

सुनवल माध्यमिक विद्यालय बनाहा बाल क्लबका अध्यक्ष राज कुमार ढेङ्गा मगरको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय अभिभावक संघका अध्यक्ष शिब बहादुर बि क, शिक्षक चित्र बहादुर गुरुङ्ग, स्वयम सेवक हुम कुमारी थापा लगएतको आतिथ्यता रहेको थियो ।

बनाहा बालक्लबका सदस्य रोशनी बगौचेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब अमित कानुले गर्नु भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार