
न्यूज फायर, सुनवल । नेपालकै पहिलो वालमैत्री स्थानीय तह सुनवल नगरपालिकामा वालमैत्री स्थानिय शासनवारे अध्ययन अवलोकन गर्न आएको काभे्रको नमोबुद्द नगरपालिकाका नगरप्रमुख सहितको टोलि र सुनवल नगरपालिकाका नगर प्रमुख , महिला वालवालिका शाखाका कर्मचारी र वालवालिकाहरुका विच छलफल तथा अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ ।


नगर प्रमुख विमला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल कल्याण अधिकारी रेशम शर्मा, महिला बालबालिका शाखा प्रमुख केशरि गैरे र बाल सहजकर्ता सुम्निमा पन्थिले नगरका गतिविधि र उपलब्धि वारे सहजिकरण गर्नुभयो । नमोबुद्द नगरपलिका काभ्रेका प्रमुख र महिला वालवालिका शाखा प्रमुखले नमोवुद्दका उपलब्धि र अनुभव साटासाट गर्नुभयो ।

आगामि आव मा बालमैत्रि घोषणाको तयारिमा रहेको नमोवुद्दले बालमैत्रि घोषणालाई छिटो र प्रभावकारि वनाउनका लागि सुनवलको सिकाइ महत्वपुणर् हुने वताएका छन्। टोलिले समुदाय र बिद्यालय स्तरमा बालमैत्रि व्यवहार र भौतिक पुर्वाधारको अवलोकन छलफल र अन्तरक्रिया गरेको थियो ।



