
न्यूज फायर,सुनवल। साहित्य परिषद्, नवलपरासीको ६१ औँ घुम्ती साहित्यिक शृङ्खला सुनवल १३ बडेरामा अवस्थित मोतीलाल बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साहित्यिक कार्यक्रममा भविश्वर पराजुली, एकनारायण तिमिल्सिना, शोभा बस्याल, नैनादेवी बस्याल, मैना सुवेदी, राज एम. के , यमजित मल्ल, टीकादेवी न्यौपाने लगायत दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो।


देशको समसामयिक अवस्था अत्यन्त नाजुक रहेकोले जनताहरू सचेत हुनुपर्ने र जनताले नेतृत्ववर्गलाई खबरदारी गर्नुपर्ने विचार स्रष्टाहरूले रचनाको माध्यमबाट व्यक्त गरेका थिए ।
साहित्य समाजको ऐनामात्र नभएर जनचेतना फैलाउने सशक्त माध्यम भएकोले समाजमा चेतना विस्तार गर्न साहित्यमा कलम चलाउनुपर्ने विचार प्रकट गर्दै सम्पूणर् साहित्यानुरागीहरूलाई परिषद्का कार्यक्रममा जोडिन अध्यक्ष डा. न्यौपानेले अनुरोध गर्नुभयो । कार्यक्रम तिलक भट्टराई अन्जानले सञ्चालन गर्नुभएको थियो ।


