४ कार्तिक २०८३, मङ्लबार

साहित्य परिषद्, नवलपरासीको ६१ औँ घुम्ती साहित्यिक शृङ्खला मोतीलालमा

न्यूज फायर,सुनवल। साहित्य परिषद्, नवलपरासीको ६१ औँ घुम्ती साहित्यिक शृङ्खला सुनवल १३ बडेरामा अवस्थित मोतीलाल बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साहित्यिक कार्यक्रममा भविश्वर पराजुली, एकनारायण तिमिल्सिना, शोभा बस्याल, नैनादेवी बस्याल, मैना सुवेदी, राज एम. के , यमजित मल्ल, टीकादेवी न्यौपाने लगायत दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो।

देशको समसामयिक अवस्था अत्यन्त नाजुक रहेकोले जनताहरू सचेत हुनुपर्ने र जनताले नेतृत्ववर्गलाई खबरदारी गर्नुपर्ने विचार स्रष्टाहरूले रचनाको माध्यमबाट व्यक्त गरेका थिए ।

साहित्य समाजको ऐनामात्र नभएर जनचेतना फैलाउने सशक्त माध्यम भएकोले समाजमा चेतना विस्तार गर्न साहित्यमा कलम चलाउनुपर्ने विचार प्रकट गर्दै सम्पूणर् साहित्यानुरागीहरूलाई परिषद्का कार्यक्रममा जोडिन अध्यक्ष डा. न्यौपानेले अनुरोध गर्नुभयो । कार्यक्रम तिलक भट्टराई अन्जानले सञ्चालन गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार