३ कार्तिक २०८३, सोमवार

बालबालिका अधिकारको नीति तर्जुमामा जूट्यो प्रतापपुर गाऊँपालिका

न्यूज फायर, नवलपरासी। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका बालमैत्री नीति तर्जुमामा जुटेको छ । गाउँपालिकाले बालबालिका सम्बन्धि नीति निर्देशिका सम्बन्धि कार्यशाला गरी नीति तथा निर्देशिका छलफल गरी अन्तिम दस्ताबेज तयारीको लागी बालबालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले पहिलो चरणको उल्लेखनिय कामको सुरुवात गरेको हो ।

गाउँपालिकालाई बालमैत्री पालिका बनाउनको लागी एक दिने बालमैत्री स्थानिय सासन सम्बन्धि अधिमुखिकरण कार्यक्रम पनि यसै साथ संचालन गरेको छ ।


गाउँपालिकाको आयोजनामा यूनाईटेड मिसन टु नेपाल तथा ईन्द्रेणी सामाजिक बिकाश मञ्चको प्राबिधीक सहयोगमा चिलाहा रतवल सामुदायीक ग्रामीण होमस्टे कावासोती १० नवलपुरमा बालबालिका सम्बन्धि नीति तथा निर्देशिका सम्बन्धि कार्यशाला तथा बालमैत्री स्थानिय सासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै वाल अधिकारको नीति, कानुन निर्माणमा जुटेको जनाएको हो ।

बालअधिकार समिति संयोजक तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष उमेश चन्द यादवको प्रमुख आतिथयतामा संम्पन्न कार्यक्रममा इन्स्टिच्युट फर लिगल रिसर्च कन्सल्टेसीका चन्द्रिका खतिवडा र सञ्जोक ठकुरीले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, गाउपालिकाको शिक्षा, स्वास्थ्य, योजना, पशुशाखा, महिला तथा बालबालिका शाखा, प्रमुख बाल कल्याण अधिकारी तथा प्रतिनिधीहरु , ईन्द्रेणी सामाजिक बिकाश मञ्चका पदाधिकारी, यूनाइटेड मिसन टु नेपालका फोकल पर्सन लगाएतको सहभागीता रहेको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार