
नवलपरासी । पश्चिम नवलपरासीमा बाघको आक्रमणबाट दुई व्यक्ति घाईते भएका छन् । जिल्लाको पाल्हीनन्दन ४ बैरवामा रहेको आप र वाँसघारीको वगैचामा आज विहान साढे ६ बजेको समयमा बाघले पञ्जा प्रहार गर्दा सोही स्थानका ४५ बर्षिय गजेन्द्र कोईरी र वर्ष १८ का सम्पत भर घाईते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।


घाईते कोईरीको मुख, नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको छ । उनिहरुको हाल लोहरौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी , वन कार्यालयका प्राविधिक सहितको टोली खटिसकेको नवलपरासी प्रहरीले जनाएको छ ।



