३ कार्तिक २०८३, सोमवार

नवलपरासीको बडेरा सामुदायिक वनमा काठ चोरी, दुई जना पक्राउ


सुनवल । पश्चिम नवलपरासीको बडेरा सामुदायिक वनमा ११ गोलिया (६५ क्युफिट फिट) बराबरको सिसौको काठ चोरी गर्ने दुई जना पक्राउ परेका छन । उपभोक्ता समुहले रातको समयमा अवैध चोरी पैठारी भईरहेको भन्दै वन कार्यालय नवलपरासीमा उजुरी दिएका थिए । उजुरी दिएसँगै वन कर्मचारी सहितको टोलीले रामग्राम-८ उनवच जय बररंजवलि स-मिलबाट सुनवल-११ भडरीका पशुपतिनाथ केवट र सुनवल-१३ रतन्जग विशाल बुढा मगरलाई पक्राउ गरेको हो ।


सवडिभिजन वन कार्यालय सुनवलका रेन्जर जय प्रकाश यादवले घटनाको पुष्टि गर्दै उपभोक्ता समुहको उजुरी परेर आफूलाई डिभिजनबाट आदेश आए अनुसार पहिलादेखिकै त्यस क्षेत्रमा चोरी हुने गुनासो आइरहेको तर चोर पत्ता लगाउन नसकिएको र आज कर्मचारी र समूहको सहयोगमा घटनास्थल पुगेर काठ सुरक्षित गरेर फर्केको बताउनुभयो ।


सिसौका रुख काटेर ११ थान गोलिया बनाएर राखेको अवस्थामा भेटियो’ यादवले भन्नुभयो ‘फेला परेको गोलिया काठ सुरक्षित गरेर अनुसन्धान थालेका छौँ।’ अवैध काठको सर्जमिन गर्नुपर्ने भएकोले पनि मुचुल्का गर्ने तयारी भइरहेको यादवले बताउनुभयो ।


वन ऐन अनुसार कार्यालयबाट आदेश नलिई हरिया, सुख्खा खडा वा ढलापडा कुनै पनि रुख काट्न नमिल्ने प्रावधान छ । कसले काटेको हो भन्ने पत्ता नलागिसकेको हुनाले समूहसँग सहयोग लिएर खोजी गर्ने बताउनुभयो ।उहाका अनुसार काठ नाप जाँच भईसकेको तर,यकिन परिमाण पत्ता लाग्न बाँकी छ । ६० /६५ क्युबिक फिटभन्दा बढी नै परिमाणको काठ हुनसक्ने अनुमान गरिएको छ। उनिहरुसंगै काठ ओसारपसारमा संलग्न एनएस लु ६९ प ४३३३ नं.को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।बडेरा सामुदायिक वनको क्षेत्रफल ४४२ हेक्टर फैलिएको छ।


स्थानीयबाट काठ चोरीपैठारी भैइरहेको गुनासो आए सगै निरन्तर प्रयास पछी पक्राउ गर्न सफल भएको अध्यक्ष मदन पन्तले बताउनुभयो । उनिहरुसंगै काठ ओसारपसारमा संलग्न एनएस लु ६९ प ४३३३ नं.को मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार