
सुनवल ।आर्थिक अभावमा उपचार हुन नपाएका सुनवलका एक मृर्गौला पिडितलाई नवलपरासी सेवा समाज यु ए ईले आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले सुनवल ११ जर्गाहा स्थित मृगौला पीडित कमल प्रसाद रानालाई आर्थिक सहयोग गरेको हो ।

आज शुक्रवार समाजले सुनवल वडा नं ११ वडा कार्यालय परिषरमा एक कार्यक्रमका विच मिर्गौला पिडित रानालाई रु २५ हजार रुपैया सहयोग हस्तारन्तरण गरेको नवलपरासी सेवा समाज यु ए ई का प्रचार प्रसार प्रमुख खिमानन्द भुसाल अतितले जानकारी दिनुभयो ।

लामो समय देखी मिर्गौला पिडित रहेका रानालाई उपचारमा केही राहत होस् भनेर सामाजिक कार्य अन्र्तगत आर्थिक संकलन गरी सहयोग उपलब्ध गराएको समाजका सस्थापक अध्यक्ष मित्रलाल पाण्डेले बताउनुभयो ।
सो अवसरमा सुनवल वडा नम्बर ११ का वडाध्यक्ष कमल च्वाईले रोजगारीको सिलसिलामा पनि सहयोग गर्नुहुने युएईमा रहनुहुने दाजुभाइ दिदिबहिनी सम्पुणर्लाई धन्यवाद दिनुभयो । पिडित रानालाई आर्थिक सहयोगको अझै खाचो रहेकाले सहयोग गर्न पनि आग्रह गरिएको छ ।



