
परासी । देशमा आर्थिक मन्दी संगै बजार व्यवसाय बन्द हुदै गएको अवस्थामा नवलपरासी पश्चिमको सदरमुकाम परासीका युवाहरुले नया उद्यमको परिकल्पना गर्दै सम्भावनाको उदाहरण बन्ने प्रयास गरेका छन् । इन्जिनियरिङ्ग अध्ययन गर्दै गरेका ३ जना युवाहरुको साझा कल्पनामा परासी लोकतान्त्रीक चोकमा कोहीनुर क्याफे एण्ड रेस्ट्रो सञ्चालनमा ल्याएका छन् । नया वर्ष २०८० को सुरुवात संगै परासीका युवाहरु मनिष अग्रहरी, अफरोज सिद्धिकी र शिव अग्रहरीले आफ्नो इन्जिनियरिङ्ग अध्ययन संगै क्याफे खोल्ने आँट गरेका हुन् ।



“हरेक परिस्थितिको सम्भावना युवा भएकाले देश निराशाजनक आर्थिक अवस्थामा गुज्रिदै गर्दा हामीले हिम्मत गरेका हौ” भन्छन् भोलिका इन्जिनियर मनिष अग्रहरी ।

सदरमुकाम भए पनि परासी आउने आगन्तुकका लागि सुविधाजनक तथा आरामदायी क्याफे नभएको अवस्थामा यि २५ वर्ष नकाटेका युवाले परासीको पहिचानका लागि समेत यो उद्यम सञ्चालन गरेका हुन् ।

वर्तमानको समस्याग्रस्त आार्थिक अवस्थामा यही नेपाली समाज र समुदायले आफुहरुलाई आशा जगाउने विश्वास गर्छन् अर्का युवा इन्जिनियर अफरोज सिद्धिकी ।

भगवान गौतम बुद्धको अस्तुधातु रहेको पर्यटकिय शान्ती नगर रामग्रामको पर्यटन विकासलाई समेत टेवा पुग्ने अपेक्षा लिइएको अर्का युवा इन्जिनियर शिव अग्रहरी बताउछन् ।
उनिहरुले ग्राहकहरुको सन्तुष्टि र चाहनालाई पुरा गर्न अनुभवी कुकको साथ लिएका छन् । आगामी भविष्यमा इन्जिनियरिङ्गसंगै सुविधा सम्पन्न लज तथा रिसोर्टलाई समेत अगाडि बढाउने उनिहरुको योजना छ ।
हिम्मती र साहसी इन्जिनियर उद्यमी युवालाई 24 न्यूज फायर परिवार शुभकामना व्यक्त गर्दछ ।



