२ अशोज २०८३, शुक्रबार

आज देखी एमडीएमएस लागु

काठमाडौँ । विदेशबाट‍ फर्किएर आउने नेपालीले आज सोमबारदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागु गरेपछि दुईवटा सम्म मोबाईल नेपाल ल्याउन पाइने भएको हो‍। प्राधिकरणले एक सूचना जारी गर्दै सो नियम आजबाट लागु हुने जनाएको हो ।

यद्यपि, यस कुराको सूचना भने प्राविधिकरणले पहिले नै गराएको थियो। निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरेपछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन्। प्राधिकरणका अनुसार यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किँदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार