
परासी । पश्चिम नवलपरासी प्रहरीले ११ लाख २५ हजार ४ सय बराबरको अबैध सामान बरामद गरेको छ । बर्दघाट टिसिएन चोकमा दक्षिण तर्फबाट ३ वटा मोटरसाइकलमा सामान ल्याउँदै गर्दा प्रहरीले उक्त मुल्य वरावरको सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरुमा ५ लाख १ हजार ६ सय बराबरका टिसर्ट ६२७ थान , ४९ हजारको सेन्डो भेष्ट ४९० थान, ५ लाख १३ हजार ८ सय बराबरका लेडिज कुर्था ७३४ थान र ६० हजार वरावरको जेन्स कुर्था ६० थान रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोजराज थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलको प्रयोग गरी सामान ल्याइरहेका बेला प्रहरीलाई देखे पछि मानिसहरु सामान बाटोमै छोडि मोटरसाईकल लिई फरार भएको प्रहरीले जनाएको छ । ति वरामद बरामद भएको सामान महेशपुर भन्सार कार्यालयमा बुझाइने तयारी भईरहेको प्रहरी नायब निरिक्षक पाण्डेले जानकारी दिनु भयो ।



