• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देवकोटा क्याम्पस सुनवलमा विद्यार्थीहरुलाई पुरस्कार वितरण

  •  
  • २०८० जेष्ठ ५, शुक्रबार १७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । महाकवि देवकोटा क्याम्पस सुनवलमा खेलकूद सप्ताहमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । क्याम्पस सभाहलमा आज एक कार्यक्रमका विच खेलकूद प्रतियोगितामा सहभागि भई विजेता तथा उपविजेता हुन सफल खेलाडी विद्यार्थीहरुलाई हौसला स्वरुप पुरस्कार वितरण गरिएको हो ।

    क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता तथा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिरिक्त क्रियाकलाप शाखाद्वारा संचालन गरिएका भलिबल, फुटसल, स्लो साइकल रेस, म्युजिकल चेयर, क्रिकेट,घैँटो फुटाई,रिले रेस,सट पुट जस्ता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्याम्पस संचालन समिति अध्यक्ष एव्ं कार्यक्रमका प्रमुख अतिथि लामिछानेले खेलकूदले विद्यार्थीहरुको शारिरीक र मानसिक विकास गर्नुका साथै विद्यार्थीहरुलाई अनुशासित बनाउँदै सबैसंग भाइचाराको सम्बन्ध विस्तार गर्ने विचार व्यक्त गर्दै विभिन्न प्रतियोगितामा विजेता र उपविजेता बन्न सफल विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

    समापन मन्तव्यका क्रममा क्याम्पस प्रमुख ढकालले जित र हार भन्ने कुरा सामान्य कुरा भएको तर्फ सङ्केत गर्दै खेलकूदमा सहभागिता नजनाएका अन्य विद्यार्थीहरुलाई पनि आगामी दिनमा सहभागी हुन आग्रह गर्नु भयो ।

    वि.आई.सि.टि.ई कोर्डिनेटर हरिदत्त शर्माको संचालन र अतिरिक्ता शाखा संयोजक सुलोचना अर्यालको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जिसी, विविए, वि.आई.सि.टि.ई कार्यक्रमका संयोजक, शिक्षक,कर्मचारी विद्यार्थी गरी १०० बढीको सहभागिता रहेको थियो ।

    Post Views: 332

    प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार १७:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.