
सुनवल । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा विष्णु प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न निर्वाचनबाट स्वतन्त्र उमेदवार न्यौपानेले १३ सय ९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाका प्रतिष्पर्धी वलबहादुर थापाले ४०६ र सोमबहादुर रायमाझिले ५४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा हिमलाल पराजुली निर्वाचित हुनुभएको छ । स्वतन्त्र उमेद्वार पराजुलीले ८३५ मत प्राप्त गरी विजय हुनुभएको हो । उपाध्यक्ष पदका अन्य उमेद्वारहरु इन्द्र कुमार रेग्मीले १४९ मत, रमेश नेपालीले २६८ मत र टेक बहादुर पुनले ७४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सचिवमा मुक्ति बहादुर भण्डारीले ६४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । भण्डारी पनि स्वतन्त्र उमेद्वार हुनुहुन्थ्यो । उहाका प्रतिष्पर्धी कुल प्रसाद भट्टराइले ५९७ र तारा बहादुर वलालले ६३३ मत प्राप्त गर्नुभयो ।
यस्तै कोषाध्यक्षमा दिल कुमारी बुढा मगर विजय हुनुभएको छ । उहाले १ हजार ९१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्य महिला तर्फ भिमा देवी पाण्डे,गोमा आचार्य र गिता पौडेल विजय हुनुभएको छ । ३ महिला सदस्यमा ६ जनाको उमेद्वारी परेको थियो ।
त्यस्तै खुल्ला सदस्यतर्फ छन्न प्रसाद श्रेष्ठ, विष्णु प्रसाद पौडेल,सञ्जय कुमार श्रेष्ठ र सोम प्रसाद पौडेल विजय हुनुभयो । ४ खुल्ला सदस्य पदमा १३ जनाको उमेद्वारी परेको थियो ।
यस्तै लेखा संयोजकमा मुक्तिराम भण्डारी र सदस्यहरुमा सिता पौडेल चापागाई र नारायण सापकोटा निर्वाचित हुनुभएको छ ।
संस्थाको छैठौ अधिवेसनबाट नया नेतृत्व चयनका लागि विहिवार भएको निर्वाचनमा ३८ सय ५९ कुल मतदाता रहेकोमा ६६ प्रतिशत अर्थात कुल २५ सय ४० मत खसेको थियो ।
तस्बिर : सामाजिक संजाल



