४ कार्तिक २०८३, मङ्लबार

तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सुरु

सुनवल । विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोग तथा महाकवि देवकोटा क्याम्पसको आयोजनामा तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सुरु भएको छ । इ.एम.आइ.एसमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता विकास गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता तथा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश जिसी, पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाका विभिन्न क्याम्पसका लेखा र शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली शाखामा कार्यरत कर्मचारी गरी ५० बढीको सहभागिता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयका उप प्रध्यापक परशुराम उपाध्यायको प्रमुख प्रशिक्षकत्व र विजय अधिकारीको सहायक प्रशिक्षकत्व रहेको उक्त तालिमको पहिलो दिन प्रशिक्षक अधिकारीले इ.एम.आइ.एस.को परिचय, डिजाइनिङ, रिसिभिङ डाटा बेस फ्रम एक्सलको बारेमा प्रयोगात्मक ज्ञान दिनु भएको थियो भने प्रमुख प्रशिक्षक उपाध्यायले ग्राफिक डिजाइनिङ, वर्डप्रेस फर मेन्टेनिङ द वेभ सफ्ट वेयरको बारेमा प्रशिक्षित गर्नु भएको थियो ।

तालिममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि लामिछानेले यस्ता तालिमले कर्मचारीको क्षमता विकास हुने र काममा निखार आउने विचार राख्नुभयो । कार्यक्रममा सर्वजनिक सूचना शाखाका संयोजक हरिदत्त शर्माको संचालन रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार