
सुनवल । पछिल्लो समय आर्थिक मन्दीले देशका व्यापार व्यवसाय पनि संकटमा छन् । तर यता पश्चिम नवलपरासी प्रहरीले भने अवैध २७ सय ५० ग्राम चादीका सामाग्री सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेका अनुसार जिल्लाको पाल्हिनन्दन ४ लोहरौलीबाट ३ लाख ४० हजार मुल्य बराबरको अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाचका क्रममा भारत महाराजगंज थाना निचलौल बस्ने बर्ष ५३ का दिलिप बर्माको साथबाट ति सामाग्रही बरामद भएको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीको लागि ति वरामद सामाग्री र मानिसलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।



