४ कार्तिक २०८३, मङ्लबार

माछा पोखरीमा डुवेर वालिकाको ज्यान गयो

सुनवल । पौडी खेल्ने क्रममा माछा पोखरीमा डुवेर पश्चिम नवलपरासीमा वालिकाको ज्यान गएको छ । अर्की वालिकाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेका अनुसार जिल्लाको रामग्राम १० नदुवामा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा सोमवार विहान ११ः४० को समयमा खोटाङ दिपरुङ गाउपालिका २ घर भई हाल रामग्राम १० स्थित पेप्सी फ्याक्ट्रीमा काम गर्ने लेखराज खत्रीकी वर्ष ११ की छोरी युनिषा खत्रीको ज्यान गएको हो ।

पानीमा डुवेको अवस्थामा लेखराजकी छोरी युनिषा संगै अर्कि छोरी वर्ष ७ की मुना खत्री भेटिएका थिए । उनिहरु दुवैलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा विहान ११ः५५ बजे युनिषालाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मुनाको अवस्था गम्भिर रहेकोले सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको र घटनाको थप अनुसन्धान कार्य भई रहेको पनि प्रहरीले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार