३ कार्तिक २०८३, सोमवार

नवलपरासीमा किसान दम्पतीको रहस्यमय हत्या

सुनवल । नवलपरासी पश्चिममा एक किसान दम्पती मृत फेला परेका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका ८ मर्चहवामा रहेको आफ्नै गोठमा मंगलबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा श्रीमान श्रीमती दुवै जना मृत फेला परेका हुन्।

प्रतापपुर ८ बैरीहवाका बर्ष ५० का तिलकराज भेडियार र उनकी श्रीमती बर्ष ५० कि निर्मला भेडियार गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा दुबै जना मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एबं डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो।

उनीहरू मजुवा मर्चहवा भन्ने ठांउमा बिगत ५/१० बर्ष देखि गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए ।

घटना के कारण ले भयो भन्ने नखुलेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा कुकुर सहितको प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार