
सुनवल । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम तयारीका लागी सुनवल नगरपालिकाले पुर्व बजेट छलफल कार्यक्रम गरेको छ । नगरको समृद्धिको लागी सुनवल नगरभित्र रहेका राजनैतिक दल, वुद्धिजिवी प्रभुत्व व्यक्ति, विभिन्न संघ संस्थाहरुसँग सुझाव संकलन गरेको हो ।


नगरपालिकालाई समृद्ध सुनवल बनाउनका लागी कृषि, पुर्वधार, पर्यटन, उद्योग, धार्मिक र ऐतिहसिक पक्षहरुमा समेत नगरपालिकाको विशेष ध्यान दिनुपर्ने छलफल कार्यक्रममा सहभागिहरुले सुझाब दिएका थिए ।
छलफलबाट आएका सुझाबहरुलाई मध्यनजर गर्दै आगामि नीति,बजेट तथा कार्यक्रमहरु बनाउने नगरप्रमुख विमला अर्यालले बताउनुभयो । सुनवल नगरपालिकाको विकासको लागी सम्पुणर् नगरवासी, वुद्धिजिवी, राजनैतिक दल, निर्वतमान जनप्रतिनिधि, विभिन्न संघसस्था सवैको साथ सहयोग र सहकार्य अपरिहार्य रहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।

छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतले काम गर्न सक्ने योजना मात्रै अगाडी वढाउन सुझाब दिनुभयो । सुनवल नगरपालिकाको विकासका लागी आफ्नो् पुरै साथ समर्थन रहेको बताउदै जनताको आवश्यकता पुरा गर्न सकिने गरि योजना वनाउन समेत वस्नेतले जोड थियो ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले नगरपालिकाको समग्र नीति कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सिमित स्रोत साधानका विच पनि समृद्ध सुनवल बनाउन ठोस योजना बनाउनुपर्ने प्रमुख यादवको भनाई थियो ।
त्यस्तै सुनवल नगरपालिकाका निर्बतमान नगरप्रमुख भिम बहादुर थापाले सुनवल नगरपालिकाको पुर्व योजनाहरुलाई वर्तमान स्थानिय सरकारले पनि अपनत्वबोध गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो । निर्वतमान नगरप्रमुख थापाले आगामी नीति तथा कार्यक्रमहरु वास्तविक तथ्याङकको आधारमा बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
छलफल कार्यक्रममा सुझाब राख्दै राष्ट्रिय भुमि अयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले समग्र सुनवल विकासको लागी प्राविधिक शिक्षामा जोड दिनुपर्ने बतउानुभयो ।
नगरपालिकाका नगरउपप्रमुख सुर्य प्रसाद दुवेको स्वागत मन्तब्य तथा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले प्रकाश पारेको कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।



