
परासी । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेज र क्याम्पसहरूलाई पटकपटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि नवीकरण नगरेपछि एक सय ७५ कलेज र क्याम्पसको नामावली सार्वजनिक गरेको छ। जसमा पश्चिम नवलपरासीका ४ क्याम्पस परेका छन् ।

ति क्याम्पसहरु खारेजी प्रक्रियाको सुचीमा परेका हुन। खारेजीको सुचीमा पर्नेमा जिल्लाका परासी क्याम्पस रामग्राम, न्यु लाइफ कलेज बर्दघाट , सोमनाथ बाबा क्याम्पस,सुनवल र अस्नैया आदर्श क्याम्पस,सुनवल रहेका छन।
विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका क्याम्पस समायोजन नीति अघि सार्दै देशभरका १७५ क्याम्पसहरूको नामावली प्रकाशित गरेको हो । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो। तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ।
१ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन। त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।
त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो। गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ।तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ।



