• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कृतिम अनाथ

  •  
  • २०८० श्रावण १, सोमबार १४:४० प्रकाशित
    • अ-
    • अ
    • अ+


    कृतिम अनाथ
    बच्चा जखामी भयो
    बच्चालाई जखामी बनायो
    निरीह भयो
    असाहय भयो
    रोयो
    करायो
    चिच्यायो
    अहँ कसैले सुनेन ।

    अब त भोक पनि लागेछ क्यारे
    केही खानेकुराको आश गरे जस्तो लाग्थ्यो
    आमाको बुबु चुस्ने उमेरमा
    मकैको ठेला पनि नपाउने बखतमा
    निन्याउरो अनुहार
    ओसिला आँखा
    सुकेका ओंठ
    नजर मात्रै डुलाउन सक्ने भएको बेलामा
    सबैले नजर तरेको देख्दा
    मानवता हराएको भान हुन्थ्यो ।
    देवता राक्षसको खोजीमा हिंडे जस्तो लाग्थ्यो ।

    बर्षाको बेला
    खनियो पाएछ !
    बेल्ला भेटिएछ ।
    दुदिला, काफल, खल्टुक, अएँरी, चुत्रो,
    ऐसेलु, चिउरी, जमुना, कटुसको थुप्रो
    यसरी प्रशस्त खानेकुरा दिने आमा भेटेछ ।
    यसरी पोषाउने बाबा मिलेछ ।
    अब हुर्किन, फुर्किन, दगुर्न, स्वीकार्न सिकेछ ।
    मौसम, भूगोल, वातावरण चिन्न थालेछ ।
    एकदमै प्राकृतिक भएछ ।
    निक्कै शिपालु बनेछ ।
    मौसमी प्राकृतिक फलफूल फल्ने
    क्षेत्र, क्षण, छनक छ्याक्कै चिन्ने
    प्रकृतिको प्रिय पात्र परेछ ।

    आमा, आफन्त, आवेग, आशा प्रकृति बनेछ ।
    आफ्नै आडमा ओखती खुट्टयाउने खाले खरो निस्केछ ।
    अरुको आशामा अल्मलिने अल्झिने बनेनछ ।
    आफ्नै औकातमा आगनमा बाँच्ने बनेछ ।
    चाकरी, चाप्लुसी, चटक्कै चिन्दो रहेनछ ।
    अनौठो अवतरी अन्वेषक पो निस्किएछ ।

    निष्कर्ष फरक फरक निकाल्दा रहेछन् !
    अल्ढेङ्रो, अफ्ट्यारो, अर्घेलो, असभ्य, अटेरी, अबुझ,
    जंगली, जनावर, जाबो, जिब्रे भएछ ।
    विज्ञान, संसार, कानून, प्रविधि, प्रक्रियाको बारे
    अन्धो, अज्ञानी, घोसे, बाङ्गे, शुन्य रहेछ ।

    तर के थाहा यी एकपक्षीय समालोचकहरुलाई
    ऊ कसरी, कहाँ, कहिले, किन छोडिएको थियो ?
    यी पाखण्डीहरुलाई के याद होला र ?
    कसरी, के कारणले, कसको सहायताले ?
    कहाँको, के , कहिले खाएर बाँच्यो र हुर्केको भनेर?
    यी ग्वाँजेहरुलाई के बोध होला र?
    उसलाई प्रकृतिको बारेमा कति ज्ञान छ भनेर ?
    यी अर्धहरुलाई के ज्ञान होला र ?
    प्रकृतिसंग उसको नाता के कति हो भनेर?

    वास्तवमा के कृतिम मानवहरुलाई थाहा छ ?
    प्रकृति अभिभावक हो भन्ने
    गास, बास, कपास, बुद्धि, विवेकको श्रोत हो भन्ने
    ऊ उकालो, ओरालो, भीर, वन, पाखा आउने जाने गर्दा,
    पहाड, रुख, कान्ला चढ्ने झर्ने गर्दा,
    खहरे खोला, नाला वारपार गरी तर्दा,
    कति सिकेको छ ?
    के के जानेको छ ?
    किन, कहिले, कति, कसरी, कहाँ आदिको उत्तर
    कति धेरै मुखाखर छ ?

    त्यसैले
    तिम्रो बोक्रो
    उसको गुदी,
    तिम्रो छाला
    उसको मासु
    तिम्रो हड्डी
    उसको मासी
    तिम्रो श्वास
    उसको सुवास
    तिम्रो हेराइ
    उसको बुझाइ
    तिम्रा कुरा
    उसका वाणी
    तिम्रा कर्दा
    उसको छुरा
    यही यथार्थ बुझ

    अन्यथा,
    अनर्थ होला नि !
    अन्याय गर्दा
    अपमान गर्दा
    अस्पष्ट बन्दा
    अनर्थ होला नि !

    त्यसैले ज्ञान बुझी ज्ञानी बन्नू ।
    त्यसैले वास्तविकता बुझी ज्ञानी बन्नू ।

    पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
    सुनवल-४, नदुवा, नवलपरासी पश्चिम

    Post Views: 158

    प्रकाशित मिति: २०८० श्रावण १, सोमबार १४:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.