• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा , नया नेतृत्व चयन हुदै

  •  
  • २०८० भाद्र २, शनिबार १८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा अवस्थित होटल ओरियनमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि बस्नेतले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघले व्यवसायीहरुको समस्या पहिचान गरी समाधान गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरु मात्र सरकार नभएर हामी सवै सरकार हो भन्ने भावना राखेर अगाडी बढेमा बल्ल विकास निर्माण हुने प्रदेशसभा सदस्य बस्नेतको भनाई छ । कोभिड १९ को वेलामा उद्योग वाणिज्य संघको भूमिका उल्लेखनिय रहेको बताउदै निजि क्षेत्रमा पनि यस्तै खटन रहेमा सवै उद्योगी व्यवसायीका समस्या समाधान हुने उहाले बताउनुभयो । दीर्घकालिन योजना बनाएर नीति नियम बमोजिम अगाडी बढ्न पनि उहाले आग्रह गर्नुभयो ।

    कार्यक्रममा सुनवल नगरपालिका प्रमुख विमला अर्यालले उद्योग वाणिज्य संघ सुनवलले विभिन्न समयमा देखा परेका समस्याहरुमा सधै अग्रसर रहने गरेकोमा आगामी दिनमा पनि सुनवल निर्माणको परिकल्पना साकार पार्न पनि अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो । सवैको सहकार्य र सहअस्तित्व रहने गरी सुनवलमा विकासको मोडल तयार गरीने पनि नगर प्रमुख अर्यालले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौति यादव, सुनवल नगरपालिका उपप्रमुख सुर्य दुवे, निर्वतमान् नगर प्रमुख भिमबहादुर थापा भरत, लुम्विनी प्रदेश निर्वतमान् अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, जम्सेर मियाँ, केन्द्रिय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु,खानेपानी महासंघ लुम्विनी प्रदेश अध्यक्ष थानप्रसाद गैरे, नेकपा माओवादी नगर अध्यक्ष मोहन कार्की लगायतले व्यवसायीहरुलाई सरकारले हेर्ने दृष्टिकोण व्यवसायीमैत्री नरहेको बताउनुभयो । हाल व्यवसायीहरु जटिल अवस्थामा रहेको वेला सरकारले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन नसक्नु दुखद कुरा भएको भन्दै सरकारकै व्यवास्ताका कारण अवको दुई वर्ष भित्रै धेरै उद्योगहरु वन्द हुने अवस्था रहेको बताउनुभयो ।

    कार्यक्रममा अध्यक्ष कर्माचार्यले खुला सिमानाका कारण नेपाली व्यवसाय फस्टाउन नसकेकाले खुला सिमा नाका अझ कडाई गर्नुपर्ने भन्दै नगर क्षेत्र भित्र संचालन हुने हाटबजार पनि व्यवस्थित र अनुगमन हुनुपर्ने भनाई राख्नुभयो । कार्यक्रम संचालक तथा महासचिव तेजप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन तथा भावि कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

    हाल नँया नेतृत्व चयनका लागि अधिवेसन प्रक्रिया चलिरहेको छ ।

    Post Views: 202

    प्रकाशित मिति: २०८० भाद्र २, शनिबार १८:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.