• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सामान्य परिवारकी निरा पढाईमा अव्वल, कक्षा १२ को नतिजामा भई जिल्ला प्रथम

  •  
  • २०८० भाद्र २, शनिबार १९:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । भनिन्छ शिक्षा नै धन हो, पश्चिम नवलपरासीकी बर्दघाटकी एक छात्राले भरखरै प्रकाशित भएको कक्षा १२ को उत्कृष्ठ नतिजा देखेर उनि र उनको परिवार मात्र होईन सवै जना खुसि र दङ्ग छन् । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर र श्रीमती जौमाया नेपालीको घरमा छोरी निरा नेपालीको कक्षा १२ को उत्कृष्ट नतिजाले आसाको किरण देखिएको छ ।

    बर्दघाट ०१ मा रहेको वाल्मीकि माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएकी निराले ३ दशमलव ७४ जिपिए ल्याएर सामुदायिक तर्फ नवलपरासी जिल्ला प्रथम भएकी छन् । समान्य लेखपढ मात्रै जान्ने निराको बुवा शुक्रबहादुर नेपाली भन्नुहुन्छ,-” छोरी निराको नतिजाले हाम्रो परिवारमा पनि साच्चिकै अब सुखका दिन आउछन कि जस्तो लागेको छ । हाम्रो परिवारबाट कोहि पनि सरकारी जागिरे छैनन छोरीले सरकारी जागीर खाएको हेर्न मन छ । ” नेपाली दम्पतीले सोचे जस्तो सरकारी जागिर खाने निरा बताउछिन । उनी भन्छिन -” बुवा आमाको सपना पढाइ बाट नै पूरा गर्छु भन्ने सोचेकी छु । सरकारी जागिर खाएर अफिसर बन्न मन छ ।”

    तिन छोरी र १ छोरा रहेका नेपाली दम्पतीकि माइली छोरी निरा नेपालीले आसा जगाएकी छिन । निराकी आमा जौमाया नेपाली भन्नुहुन्छ “-छोरी नतिजाले अबका केही बर्षमा छोरीले जागीर खान्छे होला नि? अनि हाम्रो पनि दिन आउछन कि! भगवान सबैलाई हेर्दछन भन्छन । हामीलाई पनि इश्वरले हेर्न लागे जस्तो छ । “

    बिहान बेलुका मेला पात गर्ने शुक बहादुर र जौमाया नेपाली दुबै साक्षर मात्रै हुनुहुन्छ । “पढाइबाट राम्रो गर्न सकिन्छ भन्ने सुनेको छु हाम्रो घर परिवारमा धेरै पढेको पनि कोहि छैन । छोरीले राम्रो पढेकी छिन र त्यही अनुसार नतिजा आयो हामी खुसी छौँ ।” गह भरी आशु बनाउदै शुक बहादुरले भन्नुभयो ।

    आत्मनिर्भर अनि स्वाभिमानी स्वभाव कि निराको अनुशासन, लगनसिलता अनि क्षमताको कारण बिधालयले छात्रवृत्ति प्रदान गरि सहयोग गरेता पनि उनीले कहिल्यै आफ्नो आर्थिक समस्या देखाएर बिधालयमा कुनै पनि सहयोगको माग गरिनन् । बिहान बेलुका सधैं घरको काममा बुवा आमा संगै मेलापातमा साथ दिने, नेपालमै दलित समुहतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल निरालाइ बधाई दिन पुग्दा उनी पनि प्रचण्ड गर्मी भदौका टन्टलापुर घाममा बुवा आमा संगै खेतमा धान गोडिरहेकी थिइन् ।

    निरालाई पढाउने शिक्षक प्रेम सापकोटा र जीवन पराजुली तर्फ इकित गर्दै निराका बुवा शुक्र बहादुर भन्नुहुन्छ “-सर हामीलाई त केही थाहा छैन । १० र १२ कक्षामा तपाइँले नै पढाउनु भयो अब पनि के कसो हो तपाईंहरु नै जानेसुन्ने हुनुहुन्छ । तपाईहरुले बाटो देखाइदिनुहोस ।”” माहिनाको १ हजार ५ सय घरभाडा तिर्ने, खाना र बस्न पर्ने, अहिलेको परिस्थिति अनुसारको खर्च चलाउनु पर्ने नियमित आम्दानी केहि नहुदा निकै गाह्रो भएको छ ।” दिउसो ४ बजे तिर खेतमा काम गरिरहेका शुकबहादुरले सुस्केरा हाल्दै भन्नुभयो – “हामीले जति दुःख गरे पनि छोराछोरीलाई यस्तो दुख नपरोस् ।”

    भाडामा बसि ज्याला मजदुरी, अधिया ठेक्का गरि जीवन चलाइरहेका उनिहरुमा छोरी (निरा)को उत्कृष्ट नतिजाबाट दम्पतिको जिवनमा आसाका किरण यतिसम्म देखिन्छन कि चर्को घाममा गह भरी आँसु लिदै धान गोड्दै गरेका उनिहरु भन्छन् -” जीवन भरी नै अरुको मेला पात गरेरै बित्छ कि जस्तो लागेको थियो । छोरीले माथी माथी पनि यस्तै नतिजा ल्याइन भने त अब यस्तै दुःख धेरै बर्षसम्म गर्न पर्दैन कि !”

    अहिले अरुको १० कठ्ठा खेत अदिया गरि जिबिकोपार्जन गरिरहेका नेपाली दम्पतीले राज्यको सहयोग पाए पशुपालन तथा कृषि गर्ने बताउछन् ।

    Post Views: 208

    प्रकाशित मिति: २०८० भाद्र २, शनिबार १९:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.