
सुनवल । आज बुधवार दिउसो पश्चिम नवलपरासीको सुनवल १३ मगरघाटमा फेला परेको वेवारिसे शवको सनाखत भएको छ । मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्र प्रसाद थारु रहेका छन् । मृतकको सनाखत उनकै छोरा चन्द्रिका थारुले गरेका थिए ।

आज बुधवार दिउसो साढे एक वजे स्थानीय गोठालाहरुले शव देखे पछि प्रहरीलाई खवर गरेका थिए । थप अनुसन्धानका लागि शव पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।



