
परदेशः पूर्वी चीनको जियाङ्सी प्रान्तका किसानले १ बाली काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् ।रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट दुई पटक उत्पादन लिन सकिने बताइएको हो । किसानले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एक पटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरक-फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए ।
पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले किसानको समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले किसानको समय र पैसाको बचत गर्छ ।’
जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्त्वपूणर् योगदान दिने अपेक्षा गरिएको बताउनुभयो ।
रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तैः- उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको बचत हुन्छ । नेपालमा चाड़ो यो प्रबिधि भित्रीने आशा छिमेकी देश नेपाली किसानको छ

