• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आत्महत्या र नेपाली समाज : नवलपरासी बिशेष

  •  
  • २०८० भाद्र ४, सोमबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विचार अनुभवः भोजराज पाण्डेय

    नेपाली समाजमा मानवको मुल्य निर्जीव बस्तु वा सामानको तुलनामा नगन्य बनेको देखिंच्छ । आफ्नो तथा परिवारको जीबिकोपार्जनको लागि बैदेशिक रोजगारीको कारण पनि लामो समय सम्म पारिवारिक मिलन नहुदा परिवारकै सदस्यहरु बीचमा आपसी सद्भाव, माया ममता र अपरिहार्यता हराउंदै गएको छ । मानिसको पहिचान केबल पैशा संग मात्र तुलना हुन थालेको छ ।

    बैदेशिक रोजगार मानिसको लागि अपरिहार्यता वा अनिवार्य आवश्यकता बनेको छ । किनभने देखासिकी र बिदेशमा गए पछि सहज तरिकाले पैशा आर्जन गर्न सकिन्छ भन्ने भाष्य स्थापित हुनु र स्वदेशमा अनेकन सम्भावना हुंदाहुंदै बैदेशिक रोजगार बाहेक अरु बिकल्प नदेख्ने परिपाटीले हाम्रो सामाजिक संरचना नराम्रो गरि खल्बलिएको छ ।

    अस्ति मात्रै एक जना मित्र कार्यालयमा आउंदा गुनासो गर्दै थिए, “सर ! बिदेश नजाउ श्रीमती पाल्न गार्हो, बिदेश जाउं जोगाउन गार्हो” सामाजिक सञ्जालको सर्वसुलभ पहुंचको कारण पनि यो समस्या अहिले हरेक परिवारको टाउको दुखाई बनेको छ । परिवार पाल्ने चाहाना र बाध्यताले बैदेशिक रोजगारीमा जांदा घर परिवारबाट अबस्य पनि टाढा रहनु पर्ने हुन्छ । रातदिन केबल घर परिवार र परिबारका सदस्यहरुको लालनपालनको गर्जो टार्ने र सकेसम्म धन सम्पत्ति आर्जन गर्ने महत्वकाक्षां सहित कठिन मेहनत गरेर घरमा फर्किदा धेरैको सपना भताभुङग भएको छ । एयरपोर्टमा श्रीमान लिन जान्छु भनि हिडेका कतिपयका जीवनशगिनी बिच बाटो बाटै श्रीमानले बिदेशबाट पठाएको पैशाको पोको बोकेर आफूले जन्माएका बालबच्चाहरु समेत घरमा छोडी अर्कै संग कुलेलाम ठोकेर परिवारको बिचल्ली पारेका घटनाहरु छन । पुरुष अथक मेहनत गरि बैदेशिक रोजगारीबाट घरमा फर्कदा न परिवार घरमा हुन्छ ? न आफूले आर्जन गरि पठाएको धन सम्पत्ति नै ? यसले गर्दा पारिबारिक बिचलन आई बिबिध प्रकृतिका सामाजिक अपराधका घटनाहरु समेत हुने गरेका छन् ।

    हाम्रो समाजले अहिले हरेक घटनाहरुलाई सामान्य रुपमा लिन थालेको अबस्था छ । पहिले एक जना मानिसको मृत्युमा रेडियो तथा पत्रपत्रिकामा बनेको समाचारले धेरैका कान ठाडा बनाउथ्यो । अहिले अबस्था फेरिएको छ । बाटोमा बेबारिसे अबस्थामा मृत्यु भएको मानिसको पहिचान खुलाउन महिनौं लाग्दछ । मानिसले मानिसको सोधखोज गर्न छोडेको जस्तो देखिन्छ । किनभने मानिसको महत्व घट्दै गैरहेको आभाष भैरहेको छ । परिवारका सदस्यहरु बीचमा नै एक अर्काको लागि बोझ बन्दै गैरहेको अनुभूति पछिल्ला घटनाहरुले देखाउंदै गएको छ । मानिसले प्राण त्याग गर्ने कुरालाई सामान्य र हल्का रुपमा लिन थालेको कारण यस्ता घटनाहरु दैनिक रुपमा पुनराबृति हुन थालेका छन ।

    जीवन कति मुल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्या लगायतका सामाजिक घटनाहरु हुने गरेका छन । सामान्य बिषयमा आफ्नो भावाबेषलाई नियन्त्रण गर्न नसक्दा यस्ता प्रकृतिका घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन । नेपाल लगायत बिश्वका हरेक देशमा अहिले सबैभन्दा डरलाग्दो समस्याको रुपमा रहेको आत्महत्याको बिषयलाई लिएर आज सबै देशहरु चिन्तित बनेका छन ।

    मानिसको मस्तिष्कमा सकारात्मक र नकारात्मक दुबै सोच रहेको हुन्छ । सकारात्मक सोचमा परिवर्तन आई कुनै परिवेश,घटना बिशेषलाई लिई त्यही बिषयमा निरन्तर मानसिक उल्झन गरि उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण अथवा अब यो समस्यालाई म कुनै पनि हालतमा समाधान गर्न सक्दिन भन्ने नकारात्मक र निरासाबादी सोच मनमा हावि भई सो को कारण आफ्नो जीवन प्रति नै अत्यन्त घृणा भाव महशुस गरि अस्वभाविक रुपमा मृत्यु वरण गर्नुलाई आत्महत्या भनिन्छ ।

    मानिसले समस्यालाई २ प्रकारले लिएको हुन्छ । एउटा सरल र अर्को कठिन । सरल समस्यालाई उसले आफ्ना साथिभाई र साथिहरु संग सेयर पनि गर्दछ र त्यसको तत्काल समाधान पनि हुन्छ । किनभने समस्यालाई सेयर गर्दा सहज तरिकाले त्यसको समाधान निकाल्न सकिन्छ । तर कठिन समस्यालाई उसले आफन्तजन तथा साथीहरुलाई सेयर गर्दैन । किनकी उसले पहिले नै कल्पना गरि सकेको हुन्छ की यो समाधान हुदैन । जुन सेयर गरेमा समाजमा उसको बेइज्यती हुने वा अपगाल आउने हुन सक्छ भन्ने उसलाई लागिरहेको हुन्छ । समस्या समाधान हुन नसकेको कारण मन अशान्त हुन्छ र भित्रभित्रै नैराश्यताले उसमा जरा गाड्न थाल्छ । अन्ततोगत्वा उसले उक्त समस्याको समाधान केबल मृत्यु नै हो भन्ने ठान्छ र सहजै मृत्यु वरण गर्दछ ।

    यसै तथ्यलाई मनन गरि नेपाल सरकारले मुलुकी अपराध (संहिता) ऐन २०७४ मा आत्महत्या सम्बन्धी बिषयलाई पहिलो पटक कानूनी दायरामा ल्याएको छ । उक्त ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन भन्ने उल्लेख छ । उक्त ऐनको दफा १८५ बिरुद्ध कसूर गर्ने व्यक्तिलाई पांच बर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरिवाना हुनेछ भन्ने उल्लेख छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष बिश्वभर करिब आठ लाख मानिसहरुले आत्महत्या गरि मर्ने गर्दछन् । हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्दछ भने प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्याको कारण मृत्यु हुने गर्दछ । विश्वभरमा हुने गरेका आत्महत्याका घटनाहरुलाई हेर्ने हो भने प्राय पुरुषहरुको तुलनामा महिलाहरुले बढी आत्महत्या गर्दछन । तर नेपालको सन्दर्भमा महिला भन्दा पुरुषहरुले बढि आत्महत्या गरेको तथ्याङकले देखाउंछ ।

    आत्महत्याको दर गृहणी, बिधार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ । आत्महत्या गर्नेमा बिश्वमा रहेका देशहरुको तुलनामा नेपाल तेर्हौ स्थानमा रहेको छ । प्राय गरेर १५ बर्ष देखि ४५ बर्षको उमेरकाहरुले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसमा पनि खास गरि सहारा बिहिन, निको नहुने रोगले ग्रसित र पीडादायी रोगको बिरामी (६० बर्ष देखि माथि) भएकाहरुले पनि पीडासंग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ ।

    नवलपरासी (ब.सु.प.) जिल्लामा पनि आत्महत्या लगायतका सामाजिक अपराधहरुको तथ्याङक डरलाग्दो छ । आत्महत्याको अबस्थालाई हेर्दा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ ।

    नवलपरासी जिल्लाको आत्महत्याको पछिल्लो त्रिबर्षीय तथ्याङकलाई बिश्लेषण गर्दा यहां आर्थिक बर्ष ०७७/७८ मा ७४ जना पुरुषले आत्महत्या गरेका छन भने ३९ जना महिलाहरु आत्महत्याको शिकार भएका छन् । त्यसमा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङक बढी छ । उक्त आ.ब. मा आत्महत्याको कारण मृत्यु भएका ११३ जना मध्ये ५१ जना पुरुष र २५ जना महिला गरि जम्मा ७६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने बिष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यस पछि रहेको छ । झुण्डिएर आत्महत्या गर्दा धेरैले आफूले ओढ्ने सल, पछ्यौरी वा नाइलनको मसिनो डोरीको पासो लगाई झुण्डिने गरेको घटनाको अनुसन्धानले देखाएको छ । बिष सेवन गरि आत्महत्या गर्नेमा २० जना पुरुष र १३ जना महिला गरि जम्मा ३३ जना रहेका छन । बिष सेवन गरि आत्महत्या गर्दा धेरैले खेतबारीमा किरा मार्न प्रयोग हुने बिषादीको बढी प्रयोग गर्ने गरेको अनुसन्धान बाट खुलेको छ ।

    त्यसै गरि आर्थिक बर्ष ०७८/७९ मा ७२ जना पुरुष र २९ जना महिलाहरु गरि जम्मा १०१ जनाले आत्महत्या गरेका छन । यस आ.ब. मा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङक नै बढी छ । जसमा आत्मत्याको कारण मृत्यु भएका १०१ जना मध्ये ५६ जना पुरुष र २० जना महिला गरि जम्मा ७६ जना छन् । अघिल्लो आ.ब. को तुलनामा यस आ.ब. मा पुरुष आत्महत्या गर्ने संख्या ५ जनाले बढेको छ भने महिला आत्महत्या गर्नेमा ५ जना कमी छ । यास आ.ब. मा पनि बिष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यस पछि रहेको छ । बिष सेवन गरि आत्महत्या गर्नेमा १४ जना पुरुष र ७ जना महिला गरि जम्मा २१ जना रहेका छन । बिष सेवन गरि आत्महत्या गर्दा यस आ.ब. मा पनि खेतबारीमा किरा मार्न प्रयोग हुने बिषादीको नै बढी प्रयोग भएको पाइएको छ ।

    त्यसै गरि आर्थिक बर्ष ०७९/८० मा ४९ जना पुरुष र ३७ जना महिलाहरु गरि जम्मा ८६ जनाले आत्महत्या गरेका छन । यस आ.ब. मा पनि झुण्डिएर आत्महत्या गर्ने नै बढी छन । जसमा आत्मत्याको कारण मृत्यु भएका ८६ जना मध्ये ३१ जना पुरुष र २९ जना महिला गरि जम्मा ६० जनाले झुण्डिएर आत्महत्या गरेका थिए । अघिल्लो आ.ब. को तुलनामा यस आ.ब. मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । यस आ.ब. मा डुबेर आत्महत्या गर्नेको संख्या त्यस पछि रहेको छ । जसमा ११ जना पुरुष र ३ जना महिला गरि जम्मा १४ जनाले पानीमा डुबेर वा हाम फालेर मृत्युवरण गरेका थिए ।

    आत्महत्याको यो अबस्थालाई बिश्लेषण गर्दा बिगतका बर्षहरु भन्दा तुलनात्मक रुपले समख्या घट्दै गैरहेको देखिन्छ । आत्महत्याको दर घट्नुमा बिबिध कारणहरु हुन सक्छन । नेपाल सरकारका सरोकारवाला निकायहरु प्रहरी र स्थानीय तह तथा बिभिन्न सरकारी, अर्ध सरकारी र गैर सरकारी संघ संस्थाहरुले यसको न्यूनीकरणको लागि सचेतनामुलक तथा घर दैलो लगायतका कार्यक्रमहरु गरेको कारण पनि यसको दर घट्नुमा टेवा पुगेको हुन सक्छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले समाजमा आत्महत्या लगायतका बिभिन्न सामाजिक अपराध रोकथाम तथा न्यूनीकरणको लागि स्तानीय तहसंगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

    आ.ब. ०७७/७८ मा यस कार्यालयले सम्पन्न गरेका समुदाय लक्षित २२४ वटा सचेतनामुलक कार्यक्रमहरु मध्ये १४ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरु संचालन गरेको थियो भने आ.ब. ०७८/७९ मा ३५१ वटा सचेतनामुलक कार्यक्रमहरु मध्ये २५ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरु संचालन गरेको थियो । त्यसैगरि आ.ब. ०७९/८० मा सम्पन्न गरेका ४९७ वटा समुदाय तथा बिधालय लक्षित सचेतनामुलक कार्यक्रमहरु मध्ये ३४ वटा आत्महत्या न्यूनीकरणमा कार्यक्रमहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले संचालन गरेका समुदाय तथा बिधालय लक्षित आत्महत्या न्यूनीकरणका सचेतनामुलक कार्यक्रमहरुको कारण पनि केहि हद सम्म यसको दर घट्नुमा भूमिका निर्वाह भएको हुन सक्छ भन्ने कुरा यस तथ्याङकले देखाएको छ ।

    समाजमा अपराध न्यूनीकरणको लागि प्रहरी कार्यालयको अलावा अन्य निकायहरुले संचालन गर्ने सचेतनामुलक कार्यक्रमहरुको भूमिका पनि कम महत्वपूणर् छैन । तथापि प्रहरीको बर्दी सहित संचालन गरिने सचेतनामुलक कार्यक्रमहरुमा सहभागिहरुको आकर्षण र लगाव उत्साबर्धक हुने गरेको छ । प्रशिक्षणमा सहभागिता जनाउनु र सहभागिता सहित सुन्नुमा धरै फरक छ । कार्यक्रमको लागि मात्र कार्यक्रमले परिणाम दिन सक्दैन । तर प्रभावकारिता सहितको कार्यक्रमले परिणाम पनि दिन्छ जुन जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । यस आर्थिक बर्षमा पनि यहि तथ्यलाई मनन गरि बिधालय र समुदायको अलावा टोलटोलमा यसलाई बिस्तार गरि सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरि योजना बनेको छ ।

    आत्महत्याको दरलाई शुन्यमा झार्न कदापि सम्भव छैन । तर सबैले प्रयास गरेमा न्यूनीकरण गर्न सकिन्छ । ब्यक्तिगत, पारिवारिक, आर्थिक,सामाजिक र मनोबृतिगत कारणहरुले गर्दा मानिसहरुले आत्महत्या गर्ने गर्दछन् । तर पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरि बिचार संप्रेषण गर्दा निस्कने प्रतिकृयाको कारण पनि धेरैले मृत्यु रोजेका छन् । ठुला र उमेर पुगेका परिपक्व मानिस भन्दा पनि साना बालबालिकामा सानै देखि नै मोवाइलको लतले गर्दा शरीरको क्रमिक बिकास संगै नकारात्मक धारणाको बिकाश भई क्षणिक आबेगमा जीवन उत्सर्ग गर्ने निणर्य गर्दा यस्ता घटनाहरु घट्ने गरेका छन् ।

    जसको निदान वा भरपर्दो उपाय भनेको मानसिक परामर्श सहितको सचेतना नै हो ।

    Post Views: 121

    प्रकाशित मिति: २०८० भाद्र ४, सोमबार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.