३ कार्तिक २०८३, सोमवार

सिएसआर अन्तर्गत सिसिटिभि जडानका लागि विद्यालयलाई आर्थिक सहयोग

सुनवल । शाईन रेसुङ्गा डेभलप्मेन्ट वैँक लि. सुनवल शाखाले सुनवल ५ बनकट्टी स्थित भगवति मा.वीलाई सिसिटिभि जडानका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

वैँकको संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत विद्यालयलाई सिसिटिभि जडानका लागि २५ हजार उपलब्ध गराएको हो । आज विहिवार एक कार्यक्रमका विच विद्यालयलाई २५ हजारको चेक हस्तान्तरण गरेको वैँकले जनाएको छ ।

सो अवसरमा वैँक परासी कलस्टर हेड भागिरथ न्यौपाने, वैँक सुनवल शाखा प्रवन्धक भवानी ढकाल, अपे्रसन इन्चार्ज ज्ञानु पाण्डे, विद्यालयका प्रअ वावुराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यसअघि पनि वैँकले संस्थागत सामाजिक उत्तरदायित्व सहयोग अन्र्तगत विभिन्न संघसस्थाहरुलाई विभिन्न सहयोग उपलब्ध गराउदै आएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार