सुनवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य/पुर्व गृह राज्यमन्त्री देबेन्द्रराज कंडेलले देबकोटा माबि शैक्षिक गुणस्तर र ब्यवस्थापनमा देशकै उदाहरणीय रहेको बताएका छन ।


नेता कंडेलले विद्यालयले नवलपरासीको समग्र दक्षिणी देखी उत्तरी भेग सम्मका जनतालाई सामुदायिक बिद्यालयबाट उत्कृष्ट गुणस्तर र नतीजासंग जोड्ने माध्यमबाट राष्ट्रकै पहिचानको रुपमा अगाडि बढेको बताएका हुन।
महाकवी देवकोटा नमुना माविले ६४ औ वार्षिकोत्सव एव अभिभावक दिवस समापन समारोहमा मनाएको छ । विद्यालयले गत माघ २२ गतेदेखि विविध कार्यक्रमलाई संबोधन गर्दै सांसद/ पूर्ब मन्त्री धुर्व बहादुर प्रधानले महाकवी लक्ष्मी प्रसाद देवकोटा र मुनामदनलाई वर्तमानमा त्यो इतिहासलाई सम्मान गर्दै विद्यालयलाई राजनैतिक क्षेत्रबाट टाढा राख्नु पर्ने बताए । सांसद प्रधानले सुनवलमा शैक्षिकसगै बिबिध पक्षको सम्भावना रहेकाले अनुशासनले नै सस्कारयुक्त युवाहरुको उत्पादनमा मद्दत् पुग्ने भन्दै देवकोटा त्यसको उदाहरण देखिएको बताए ।

सुनवल क्षेत्रको विकास समग्र देशको महत्वपूर्ण भागसंग जोडिएको बताउदै गुणस्तरीय शिक्षाले देशको जग निर्माण हुने धारणा व्यक्त गरे । मन्त्री प्रधानले छोटों समय सरकारको ज़िम्मेवारी सम्हाल्दा देशमा बिधमान कर्मचारी ट्रेड युनियनहरुका नाजायज़ हस्तक्षेपका कारण सरकारको प्रभावकारीतामा नकारात्मक प्रभाव परेको समेत ज़िकीर ग़रे ।

समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले शिक्षण सिकाई क्रियाकलापको ढाचा परिवर्तन गर्नुपर्ने भन्दै पढाईमा मात्रै होइन सगै सिकाइलाई जोड्दै शिक्षालाई जीवन व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बक्ताहरु सुनवल नगर प्रमुख विमला अर्याल , सस्थापक नगर प्रमुख भिम बहादुर थापा- भरत , वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पंगेनी ,पुर्व व्यवस्थापन समति अध्यक्ष बिष्णु प्रसाद पौडेल र पुर्व शिक्षक कृष्ण लामिछानेले सुनवलमा सामुदायिक विद्यालयले समुदायमा उल्लेखनीय आशा स्थापित गरेको र आगामी दिनमा व्यवहारिक ,नैतिक र प्राविधिक शिक्षामा उत्पादनलाई समेत जोडदै शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

विद्यालयको तर्फ़बाट प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य खेमलाल शर्माले हाल २२ सय विद्यार्थीहरु रहेकोमा २५ सय विद्यार्थी पुरियाउने लक्ष्य साथ अघि बढ़ेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरीं अर्यालले प्रतिवेदन प्रस्तुत गदै विद्यालयको गुणस्तर वृद्धिको लागी उच्चतम प्रविधि र दक्ष जनशक्तिको प्रयोगमा जोड दिईएको वताए ।

गत माघ २२ गतेदेखि २६ गते सम्म विविध कार्यक्रम सहित वार्षिकोत्वस कार्यक्रममा अन्तर विद्यालय भलिवल प्रतियोगीता, अभिभावको घटौं फोर्ड कार्यक्रम लगाएत विद्यालयले आफ्नो अत्तिरिक्त कृयाकलापहरु समेत गरिएको विद्यालयले जनाएको छ । वार्षिकोत्वस कार्यक्रममा विद्यालयका पुर्व शिक्षक अक्षयकोष दाता एवं पुर्व विद्यालय संचालक कृष्ण देवकोटाले विद्यालयको ऐतिाहासिक पक्षलाई औल्याउदै विद्यालयको प्रगतिको लागी सवैको योगदानको स्मरण गरेका थिए।



