५ कार्तिक २०८३, बुधबार

लुम्बिनी मा. वि. सुनवलले भव्यताका साथ मनायो ३१ औं वार्षिकोत्सव संगै अभिभावक दिवस

सुनवल/ लुम्बिनी मा. वि. सुनवल सोमनाथले ३१ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित भव्यरूपमा मनाएको छ।


वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षाको अभियानमा विगतदेखीको आफनो  निरन्तर प्रयास भएको बताउनुभयो । बिद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको लागि व्यक्तिगत र प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा प्रतिबद्ध हुन जोड दिनुभयो। 

कार्यक्रममा सुनवल वडा नम्बर १ का अध्यक्ष मान बहादुर थापा,सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, सुनवल विद्यालय व्यवस्थापन समिति संजालका अध्यक्ष सुर्यप्रसाद न्यौपाने,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चैत्यन्यप्रसाद शर्मा, पुर्वविद्यार्थी मञ्चका संयोजक मनोज न्यौपाने,महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछाने,नेकपा एमाले नगर अध्यक्ष दुर्गानारायण सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


विद्यालय व्यवस्थापन समितिका प्रमुख गंगाबहादुर गुरुङको अध्यक्षतामा र शिक्षक चुरामणी खनाल संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हुमनाथ सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  बिग़तमा बिद्यालय निजी र शैक्षिक गुठी हुदै सोमनाथ आधारभूत बिद्यालय बिच मर्जर भई हाल पूर्णत: सामुदायिक बिद्यालयका रूपमा संचालनमा आएको बताउनू भयो।

 विद्यालयमा १ हजार ३ सय ६५ जना बिद्यार्थी र ६८ जना शिक्षक /कर्मचारी कार्यरत रहेको जानकारी दिनूभयो ।
सम्पन्न समारोहमा बिद्यालयमा सम्पन्न विभिन्न विद्यामा विजेता बनेका  बिद्यार्थीहरुलाई पुरस्कार तथा विद्यार्थी / शिक्षकहरुको बेजोड़ सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम समापन भएको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार