४ कार्तिक २०८३, मङ्लबार

काग्रेस/माओवादी अध्यक्षद्वारा सुनवल नगर कार्यपालिकाको बैठक बहिस्कार

सुनवल/नेपाली काग्रेस र माओवादि केन्द्रका वडाअध्यक्षदद्वारा सुनवल नगरपाकिाको कार्यपालिका वैठक वहिस्कार गरेका छन।

सुनवल नगरपालिकाको १५ दिन अधि सम्पन्न चौधौ नगरसभामा नगरशिक्षा ऐन २०७८ संशोधनको विषयमा फरक मत राख्दै गरिएको असहमतिका वावजुत वहुमतका आधारमा शसोधन विधयक पास गरिएको भन्दै वहिस्कार गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले वताएका छन।

नगरको विकास गतिविधि संचालनमा भएको अपारदर्शिताका प्रक्रिया वारेमा फरक मत राख्दा पनि सुनवाई नगरिएको, कार्यपालिका वैठकमा भएको निर्णयवारे निर्णय पूस्तिका समेत आफुहरुलाई पहूच बाहीर राखिएको नगर प्रमुखको तोक आदेशानुसार योजना प्राथमिकतामा राखी कार्यान्वयन गरिएको , वहुमतको आधारमा पार्टी केंद्रित दैनिक ज्यालादारी कर्मचारी अपारदर्शी रूपमा भर्ती ग़रीएको भन्दै आजको कार्यपालिका वैठक वहिस्कार गरेको वडानं ७ का वडाध्यक्ष नारायण आचार्यले जानकारी दिए।

नगर कार्यपालिकाले योजना कार्यान्वयनका लागि वडासंग गरेको सम्झौता समेत लत्याई नगरपालिकाले हिटलर शैलीमाकाम रोक्न आदेश गरेको वडा न ३ का अध्यक्ष पाबींन गुरुंगले आरोप मलगाए

सुनवल नगरपालिकामा १३ वडा रहेकोमा नेपाली काँग्रेसबाट ३ ,५ ,८,११ र १२ साथै माओवादी केन्द्रबाट वडा नम्बर ७ मा वडा अध्यक्षमा निर्वाचित छन

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार