नारायण सुबेदी

सुनवल / जेठ १४
अस्नैया आदर्श क्याम्पस सुनवल ७को व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम् एक समारोहका बिच सम्पन्न भएको छ ।

क्याम्पस प्रांगणमा सम्पन्न पदस्थापन कार्यक्रममा संचालक समितिको नया कार्यकालको अध्यक्षका रूपमा नारायण प्रसाद भुसालले औपचारिक रूपमा पद भार ग्रहण गरेका छन् । यसै गरी संचालक सदस्यहरु हर्क ब गुरुंग, बिश्वनाथ यादव, बिक्रम राना, यादव खड़का, शिव प्रसाद ढकाल, कुलचन्द्र भण्डारी, मित्रलाल लामीचाने, चन्द्र ब. बिक, मिना कालीमगर, रुद्रप्र लामगोर पौड़ेल, कृष्ण ब केसी ,महेन्द्र खनाल, खड़क राना, लक्ष्मी आर्याल, ईश्वर राना, निरामाया र कमला ले नया कार्यकालको पदभार ग्रहण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं सुनवल नगरपालिका ७ का अध्यक्ष नारायण प्रसाद आचार्यले क्याम्पसको भौतिक ब्यवस्थापन र शैक्षिक बिधीलाई उत्कृष्ट बनाउदै लैजाने दिशामा अघि बढ़न समितिलाई सुझाव दिएका थिए ।



