• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

परासीमा प्रेस युनियनको ३३ औं स्थापना दिवस: सदरमुकाम अस्पतालका बिरामीलाई फलफूल र स्वास्थ्यलाभको कामना

  •  
  • २०८१ जेष्ठ १३, आईतवार १७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी ,१३ जेठ

    नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवस विविध कार्यक्रमकासाथ देशभर मनाऊँने क्रम जारी छ ।

    यस अवसरमा नवलपरासी शाखाले पनी हिजो देखी विविध कार्यक्रम गरि मनाएको प्रेस युनियनले जनाएको छ।

    नेपाल प्रेस युनियन जिल्ला शाखा पश्चिम नवलपरासीले ३३ औं स्थापना दिवसको अवसरमा आज दौश्रों दिन सदरमुक़ाम स्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरणका साथ सिघ्र स्वास्थ्य लाभको कामना गरिएको प्रेस युनियन नवलपरासी शाखाका अध्यक्ष उमेश कुमार बि.कले जानकारी दिनुभयो ।

    नेपाल प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश कुमार बि.क को अध्यक्षता तथा नेपाली काङ्ग्रेस कार्यवाहक जिल्ला सभापति बिक्रम यादवको प्रमुख आतिथ्यतामा पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका ४१ जना विरामीलाई फलफूल बितरण का साथ सम्पूर्ण बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको हो ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति यादवले लाेकतन्त्रकाे सच्चा पहरेदारकाे रुपमा रहेको प्रेस जगतले सत्यतथ्य समाचार लेख्दै आएकोमा राज्यले कुनै बहानामा पनि अंकुस लगाउन नहुने बताउदै लाेकतन्त्र प्राप्तिको विभिन्न कालखण्डमा भएको आन्दोलनमा प्रेस जगतको भुमिका प्रशंसनीय रहेको धारणा राख्नुभएको थियो । साथै नेपाल प्रेस युनियन नवलपरासी शाखाले बिरामीलाई फलफुल बितरण गरेको कार्यको प्रशांसा गर्दै आगामी दिनमासमेत रचनात्मक कार्य गर्न सुझाव दिनुभएको थियो ।

    त्यस्तै जिल्ला उपसभापति अनिल गाैडले नेपाली काङ्ग्रेसको सुबेच्छुक संस्थाकाे रुपमा रहेको नेपाल प्रेस युनियनले नेपाली काङ्ग्रेसका हरेक गतिविधिमा सहभागीता जनाई पार्टीकाे निति र बिचारलाई सम्प्रेषण गर्न आग्रह गर्दै स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।

    त्यस्तै प्रेस युनियन नवलपरासीको पुर्व सभापति आरपि उपाध्यायले प्रेस माथि हुने कुनै किसिमको दमन सह्य नहुने र प्रेस जगत माथि अंकुस लगाउन खाेज्ने तत्वहरु आफै प्रास्त हुने जिकिर गर्दै गैरकानुनी कार्य गर्नेमाथि कानुनी तवरबाटै कार्वाहीकाे दायरामा ल्याउनुपर्नेमा पछिल्लो समय यता राज्यले समाचार लेखेकै आधारमा छापामारिशैली गरेको दुर्ब्यवहारलाई घाेर निन्दा गर्नुभएको हाे। साथै युनियनको स्थापना दिवसको अवसरमा सबै श्रमजिवी पत्रकारहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका सचिव बिकास घिमिरे लगाएतले नेपाली काङ्ग्रेस र प्रेस युनियनको अन्तर सम्बन्धकाे विषयमा आफ्नाे धारणा राख्नुभएको थियो ।

    नेपाल प्रेस युनियन नवलपरासी शाखाले आफ्नो स्थापना दिवससहित अन्य दिवस वा अवसरहरुमा पत्रकारलाई समाजप्रति उत्तरदायि बनाउँदै थप रचनात्मक कार्यक्रम गरिने प्रेस युनियन नवलपरासीका अध्यक्ष बि.क ले बताउनुभयो ।

    पत्रकारहरुले वितरण गरेको फलफूल पाएपछि अस्पतालमा भर्ना भएका बिरामीले खुसी हुँदै धन्यवादसमेत दिएका थिए ।

    फलफुल वितरण कार्यक्रममा युनियन पुर्व सभापति अनिल कुमार यादव ,पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ता , डाक्टर श्यामसुन्दर जैसवाल सहित नेपाल प्रेस युनियन नवलपरासी शाखामा आबद्ध पत्रकारको उपस्थिती रहेको थियो ।

    भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप परिसरमा हिज युनियनले सरसफाइ कार्यक्रम सम्पन्न गरेको युनियनले बताएको छ।

    प्रेस युनियन नवलपरासीका उपाध्यक्ष सद्दाम हुसेन अन्सारीको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमलाई युनियनका सचिव अनिल यादवले सन्चालन गर्नुभएको हाे ।

    श्रमजिबि पत्रकारहरुको हकहितका लागि २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।

    Post Views: 132

    प्रकाशित मिति: २०८१ जेष्ठ १३, आईतवार १७:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.